२ मंसिर, विराटनगर ।
विराटनगरको सास्थम कलेजमा लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रोटरी र रोट्रयाक्ट क्लव अफ विराटनगर सेन्ट्रलको आयोजनामा सोमबार कलेजका विद्यार्थीहरुसँग सचेतनामुलक कार्यक्रम गरिएको होे ।
कार्यक्रममा लागुऔषध प्रयोगको वर्तमान अवस्था, यसले समाजमा पार्ने प्रभाव, नियन्त्रणका लागि प्रहरीले गरेका कार्यक्रमबारे विद्यार्थीहरुलाई जानकारी गराईएको थियो । सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले शिक्षित व्यक्तिले भन्दा अशिक्षित व्यक्तिले बढी लागुऔषध प्रयोग गर्ने गरेको पाईएको जानकारी दिए । एसपी अधिकारीले लागुऔषध दुव्र्यसनी नियन्त्रण ठूलो समस्या बन्दै गएको भन्दै आफुभन्दा सानालाई सचेत गराउन र कसैले लागुऔषध प्रयोग गर्ने गरेको थाहा पाए प्रहरीलाई खबर गर्न आग्रह गरे ।

कार्यक्रममा रोटरी क्लव अफ विराटनगर सेन्ट्रलकी अध्यक्ष श्रुति शर्मा र रोट्रयाक्ट क्लव अफ विराटनगर सेन्ट्रलका अध्यक्ष रवीन सुब्बाले यस अघि पनि सम्बन्धित क्षेत्रको सहकार्यमा विभिन्न सचेतनामुलक कार्यक्रम गरिएको जानकारी दिँदै लागुऔषध दुव्र्यसनी फस्टाउँदै गएकोले सचेतनाको आवश्यकता ठानेर सो कार्यक्रम आयोजना गरिएको बताए । कलेजका पदाधिकारीले सचेतना कार्यक्रम आवश्यकता रहेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

