काठमाडौं, फागुन २०
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक इतिहासकै ठूलो क्रम भंग भएको बताएका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा संघीय संसदमा निर्वाचित सांसदहरुलाई दिएको प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले दुईवटा संसदीय दलको संयुक्त बैठक निरन्तरतामा क्रम भंग भएको बताएका हुन् ।
उनले एउटै संसदीय दलमा रुपान्तरण हँुदै गर्दा त्यसको पूर्वसन्ध्यामा भएको संयुक्त बैठकले नयाँ इतिहास रच्नुको साथै नयाँ ऐतिहासिक प्रक्रियातर्फ अघि बढाउने बताए ।
आपसमा बैचारिक राजनीतिक संघर्ष र तीतो अनुभव संगालेका दल एउटै घोषणपत्र र साझा उम्मेदवारका साथ एउटै संकल्प लिएर निर्वाचनमा जाने विषय सहजै पत्याउन सकिने नभए पनि आफुहरुको एकताले डेढ महिनाभित्र ठुलो विश्वविद्यालयको काम गरेको दाबी अध्यक्ष दाहालले गरे ।