चाँगुनारायणबाट मुर्ति चोरी

२ मंसिर ७६, मंगलबार

३ मंसिर, काठमाडौं ।
आइतबार राति चाँगुनारायण मन्दिर परिसरबाट लक्ष्मीनारायणको मुर्ति चोरी भएको छ ।

Advertisement

चाँगु परिसरको उत्तरतिरको सत्तलको भित्तामा रहेको मुर्ति सत्तल पुननिर्माण गर्ने क्रममा त्यहाँबाट झिकेर कृष्ण मन्दिर परिसरमा राखिएको थियो ।

हराएकै भोलिपल्ट स्थानीयवासी प्रजेन ग्वाला भँडेलले चागुनारायण नगरपालिका, पुरातत्व विभाग, भक्तपुर दरबार हेरचाह अड्डा लगायत निकायमा निवेदन दिएका छन् ।

Advertisement

मुर्ति खोज्न सम्पदा संरक्षण अभियन्ता संजय अधिकारीले पनि पुरातत्व विभागमा निवेदन दिएका छन् । ‘भेटिएकोचाहिँ छैन,’ भँडेलले भने, ‘पुरातत्व विभाग र सशस्त्र प्रहरीको लापरवाहीले मुर्ति चोरी भयो ।’

चाँगुनारायण विकास समितीका अध्यक्ष तथा पुजारी चक्राधरानन्द राजोपाध्यायका अनुसार सत्तल निमार्ण गर्ने क्रममा हनुमान र लक्ष्मी नारायणको मुर्ति बाहिर झिकेर राखिएको थियो । ‘ठकेदारले काम गरिराखेका छन्, मुर्ति कहाँ राख्छन् भन्ने ठेगानै हुँदैन,’ राजोपाध्य भन्छन्, ‘सत्तल भत्काएर खुला राखेको छ । काम पनि चाँडो सक्दैन ।’

Advertisement

पुरातत्व विभाग अन्तर्गतको भक्तपुर दरबार हेरचाह अड्डालाई मन्दिर क्षेत्र व्यवस्थित गरिदिन माग गरे पनि सुनुवाइ नभएको पुजारी राजोपाध्याय गुनासो गर्छन् । ‘कामको जिम्मा ठकेदारले लिएका छन् तर मुर्ति लगायत व्यवस्थापन गरेनन् भनेर अड्डालाई जानकारी गराएका थियौं,’ उनी भन्छन्, ‘चाँगु क्षेत्र व्यवस्थित गर्न अफिसै खडा गरिदिन्छु भनेका थिए । तर भन्नु मात्रै भयो, कामचाहिँ गरिदिएनन् ।’

चाँगु क्षेत्रमा सशस्त्रको अस्थायी क्याम्प छ । त्यही छेउमा जनपद प्रहरीको पनि पोष्ट छ । यतिले मात्र पनि चाँगुको मन्दिर सुरक्षा हुन नसकेको उनी बताउँछन् । ‘यहाँ हतियारसहितको प्रहरी राख्न माग गरेका छौं,’ उनी भन्छन्, ‘यही अवस्था रहने हो भने मन्दिरका मुर्ति सुरक्षा गर्न मुस्किल हुन्छ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top