×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

मोरङको करोडौँको तरकारी बजार खण्डहर बन्दै

३ मंसिर २०७६

३ मंसिर, विराटनगर ।
कछुवाको गतिमा संरचना निर्माण,अध्ययनविनै हतारमा शिलन्यास अनि पूरानो भएपछिमात्रै सञ्चालन गर्ने हाम्रो पूरानो अनि निरन्तरता पाएको परिपाटी हो । नयाँ नेपालको नारा सुनेर विकासको स्वाद चाख्न उत्साहित जनता अर्थहीन र सुस्त र निर्माणले खिन्न हुने गरेका छन् । यस्तै निर्माणको एउटा उदाहरण हो विराटनगरसँग जोडिएको कटहरी गाउँपालिकामा निर्मित एकीकृत तरकारी तथा फलफूल थोक बजार । जुन निर्माण भएको एक वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

जनप्रिय मावि कटहरीको ४ बिघा २ कठ्ठा र कटहरी गाउँपालिकाको १८ कठ्ठा २ धुर ऐलानी गरी ५ बिघा २ धुर जग्गामा १५ करोड ४९ लाख ३९ हजारको लागतमा गत वर्षको दशैँमा तयार भएको सुविधासम्पन्न तरकारी बजार प्रधानमन्त्री केपी शर्मा ओलीले चैतमा उद्घाटन गरे र प्रदेश सरकारलाई हस्तान्तरण गरे । सो तरकारी बजार निर्माणका लागि विराटनगर महानगरपालिकाले गुद्री बजार त्यस ठाउँमा सार्ने गरी सम्झौता समेत गरेको छ । तर, बजार हस्तान्तरणको ६ महिना वितिसक्दा पनि सञ्चालन गर्नुको सट्टा प्रभावकारी नभएको भन्दै थप निर्माणको तयारी गरिएको छ भने ग्राहकका लागि बजार पायक नपर्ने भन्दै ब्यापारी तरकारी बजारमा नजाने मनस्थितीमा पुगेका छन् । लामो समयसम्म सञ्चालनमा नआउँदा तरकारी बजार अहिले कुकुरको बासस्थान बनेको छ । ठाउँठाउँमा चर्किएको तथा हेरचाह र संभारको अभावमा झारले घेर्न थालेको तरकारी बजार अब संचालनमै नआउदै पूरानो देखिन थालेको छ ।

Advertisement
Advertisement

बजार सञ्चालनका लागि केही समयअघि ब्यबस्थापन समिती बनेपनि भाडा निर्धारण लगायत अन्य ब्यबस्थापनको काम गर्न बाँकी नै छन् । प्रदेश सरकारले बजार सञ्चालनका लागि नियमावली बनाउन समय लागेको र नियमावली बनेपछि काम धमाधम भईरहेको कृषि विकास निर्देशनालय प्रदेश १ का निर्देशक वेनु प्रसाई बताउँछन् । भवन भित्र पानी छिर्ने हुँदा थप निर्माणको काम गर्नुपर्ने भएकाले निर्माण प्रक्रिया र बजार ब्यबस्थापन प्रक्रिया सँगै लगिने उनको भनाई छ ।

व्यापारी र महानगरको कुरा मिलेन
सम्झौताअनुसार विराटनगरको गुद्रीका थोक ब्यापारी सो तरकारी बजारमा स्थानान्तरण हुनुपर्ने हुन्छ । तर, यसबारेमा महानगर र ब्यापारीबीच समन्वय नभएको देखिन्छ । सो तरकारी बजार मुख्य बजार भन्दा टाढा भएकाले व्यापार गर्न उचित ठाउँ नभएको गुद्रीका ब्यापारी बताउँछन् । पर्याप्त खाली ठाउँ नहुँदा सामान ओसारपसार तथा व्यबस्थापनमा समस्या हुने गुद्रीका ब्यापारी त्रिलोचन भगतले बताए । उनीहरु त्यसठाउँमा व्यापार गर्ने वातावरण बनाए मात्र आफुहरु सर्ने बताउँछन् । व्यापारी गौरीशंकर भगतले त्यसठाउँमा व्यापारीहरु नजाने बताए । उनले भने ‘हामी त्यो बजारमा जाँदैनौँ आफ्नै बजार कतै बनाउँछौँ ।’

यता महानगर भने गुद्री बजार आफ्नो स्वामित्वको जग्गा भएकोले ब्यारीलाई कुनैपनि हालतमा हटाउने योजनामा छ । ब्यापारीलाई सो बजारमा जाने वातावरण बनाउन हरसम्भव प्रयास गर्ने महानगरले जनाएको छ । सहरको बिचमा भएको थोक तरकारी बजारले सरसफाई,ट्राफिक व्यबस्थापन तथा सरहको सुन्दरतामा प्रभाव पारेकोले व्यापारीलाई त्यसठाउँबाट स्थानान्तरण गरी अर्काे उचित संरचना निर्माण गरिने विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले बताए । ‘गुद्रीका व्यारी सन्तुष्ट हुने नहुने भन्दा पनि उहाँहरुलाई व्यवस्थित ढंगले संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारको सहभागीतामा निर्माण भएको सुविधासम्पन्न भवनमा जानुपर्छ’ उनले भने ‘त्यो भवनमा जान उहाँहरुलाई कुनै अप्ठ्यारो हुने छैन, त्यसका लागि हामीले के गर्नुपर्छ त्यो सहजीकरण गर्न हामी तयार छौँ ।’

Advertisement

आवश्यक अध्ययन नगरी निर्माण गरिनु र निर्माणपछि पनि लामो समयसम्म सञ्चालनमा नआउँदा करोडौको लगानी बालुवामा पानी हाले सरह हुने चिन्ता बढेको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top