शाक्य हत्याका विषयमा अनुसन्धान जारी

१९ फागुन ७४, आइतबार

विराटनगर, फागुन २०
उर्लाबारी–७ का ३६ वर्षिय सनम शाक्यको हत्याका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ । प्रहरीको टोलीले विराटनगरस्थित पोखरियामा बा १२ च ५९६३ नम्बरको स्कोरपियो गाडीको डिकी भित्र शाक्यको शव फेला पारेको थियो ।

शाक्यको हत्या गरी गाडीको डिकी भित्र तौलिया, म्याट्रेस र त्रिपालले बेरी लुकाएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।

सुनका कारोबारी रहेका शाक्यको अपहरणपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनामा संलग्न अभियुक्त पक्राउ गरेपछि उक्त तथ्य सार्वजनिक भएको हो ।

Advertisement

शाक्यलाई सुन तस्करीको विषयमा लेनदेन नमिलेपछि सिरहाको अज्ञात स्थलमा लगेर कुटपिटपछि बन्धक बनाएर हत्या गरेको महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौले जनाएको छ ।

फागुन १५ गते शाक्य अपहरणमा परेका थिए । प्रहरीले घटनामा संलग्न काभ्रेका टेकराज मल्ल, मोरङ उर्लाबारीका कृष्ण भनिने नरेन्द्र कार्की र मोहन काफ्लेलाई पक्राउ गरेको समाचार श्रोतले उल्लेख गरेको छ । पक्राउ गरिएका ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top