×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

उर्लाबारीका व्यपारी शाक्यको लेनदेनका कारण हत्या भएको खुलासा

२० फाल्गुन २०७४

विराटनगर, फागुन २०
विराटनगरमा हिजो विहान गाडीमा मृत फेला पारेका उर्लाबारी ७ का सनम शाक्यको आर्थिक लेनदेनका कारण हत्या भएको प्रहरीले जनाएको छ ।

आर्थिक लेनदेनको कारण शाक्यलाई शारिरीक यातना दिएर तथा करेन्ट लगाएर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन गरि यस्तो जानकारी गराएको हो ।

Advertisement
Advertisement

मृतक शाक्यको शव बरामदसंगै प्रहरीले ३ जना अभियुक्त र उनीहरुले प्रयोग गरेका गाडीबाट बरामद गरिएका बन्दोबस्तीका सामाग्रीहरुबाट समेत सो कुराको संकेत गरेको छ ।

प्रहरीले हत्यामा करेन्ट लगाउन प्रयोग गरिएको ब्याट्री र तारहरु समेत बरामद गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसिले मृतक सहित घटनामा संलग्नहरु सुनको कारोबारसंग जोडिएको प्रारम्भिक अनुसन्धनमा देखिएको पनि बताए ।

उनले मृतक शाक्यलाई अभियुक्तहरुले घरबाटै फोन मार्फत डाकेर आफूसंगै लिएर हिडेको र उर्लाबारी १ स्थित सोल्टी खोलाको किनारमा रहेको जंगलमा करेन्ट लगाउदै यातना दिएर हत्या गरेको देखिएको बताए ।

उनले योजना बनाएर हत्या गर्ने नियतमा हिडेका अभियुक्तहरु बन्दोबस्तीका सामानसहित कसैलाई शंका नहोस भनेर खोला र जंगल किनारमा बसेको बताए ।

शाक्यको हत्या उर्लाबारीको जंगलमा गरिएपनि बोर्डर छेउमा शवको ब्यवस्थापन गर्न उनीहरु विराटनगर आएको हुनसक्ने प्रहरीको अनुमान छ ।

महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौ र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले हिजो बिहान विराटनगर ३ को गोधुली मार्गबाट हत्या गरिएको शाक्यको शव सहित मोरङ उर्लाबारी ५ का मोहन काफ्ले,वडा नम्बर ७ का कृष्ण भन्ने नरेन्द्र कार्की र काभ्रे, देउपुर गाउपालिकाका टेकराज मल्ल ठकुरीलाई नियन्त्रणमा लिएको थियो ।

Advertisement
Advertisement

उनीहरुलाई संगठित अपराध तथा अपहरण, कर्तब्य ज्यान मुद्धा दर्तागरि ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top