जनकपुर, फागुन २०
प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतले राजनीतिक हस्तक्षेबाट मुक्त गर्ने शिक्षा नीति ल्याउने घोषणा गरेका छन् । प्याब्सन प्रदेश नम्बर २ को प्रथम साधारणसभा तथा सम्मान कार्यक्रमलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री राउतले वर्तमान शिक्षा नीतिले विकास सम्भव नरहेको दोहोरयाए ।
सामूदायिक विद्यालय सत्तारुढ दलको कार्यकर्ता भर्ना गर्ने थलो बनेको बताउँदै उनले यसको अन्त्य गर्ने नीतिको आवश्यक्ता औंल्याए । योग्य र सक्षम शिक्षक भएपनि सामुदायिक विद्यालयको पठनपाठन स्तरीय बन्न नसकेको गुनासो उनले गरे ।
आउँदो दिनमा राजनीतिक कार्यक्रममा विद्यालयको प्रयोग हुन नदिनको लागि आवश्यक कदम चालिने उनले प्रतिबद्धता जनाए ।
विद्यालयलाई हड्ताल र बन्द मुक्त क्षेत्र बनाउन सबैको सामूहिक प्रतिबद्धताको आवश्यक्ता उनले औंल्याए । कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले प्रदेश शिक्षित भए आपैm विकसित हुने धारणा राखे ।