फिनल्याण्डका उद्योगीलाई नेपालमा लगानी गर्न सरकारको आग्रह

६ मंसिर ७६, शुक्रबार
Share this
755shares

६ मंसिर, काठमाडौं । सरकारले फिनल्याण्डका उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेको छ ।

Advertisement

वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले लगानीको वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न फिनल्याण्डका उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका हुन् ।

शुक्रबार नेपाल चेम्बर अफ कमर्सले फिनल्याण्डका उद्योगी व्यवसायीहरुसँग गरेको एक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले विश्व बैंकले सार्वजनिक गरेको डुईङ बिजनेस इन्डेक्सले पनि नेपालमा लगानीका लागि वातावरण बन्दै गएको देखाएकाले नेपालमा लगानी गर्न उपयुक्त हुने पनि बताए ।

Advertisement

सचिव अर्यालले नेपालमा वैदेशिक लगानी आएमा सरकारले एक द्धार प्रणालीमार्फत् सेवा दिने नीति लिएको पनि स्पष्ट पारे ।

कार्यक्रममा फिनल्याण्डका लागि फिनल्याण्डका राजदुत पेरटी एन्टीनेनले दुई मुलुकबीचका उद्योगीहरुको सम्बन्ध बलियो हुँदै गएकाले लगानी र व्यापारका आधारहरु बन्दै गएको बताए । उनले फिनल्याण्डका लगानीकर्ताहरु नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छुक रहेको समेत बताए ।

Advertisement

कार्यक्रममा नेपाली व्यवसायीहरुले फिनल्याण्डका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top