×

NEPAL TIMES UPDATES

Playing
ओली प क्राउपछि एमाले कार्यकर्ताको विरोध उ ग्र, झ डपको अ वस्था सिर्जना|| Nepal Times
Mar 28, 2026
Playing
एमालेले जला यो कार्की आयोगको प्रतिवेदन, बहालवाला न्यायाधीशबाट छानबिन गर्न माग|| Nepal Times
Mar 28, 2026
Playing
Top 15 Afternoon News || Mar-28-2026 || Nepal Times
Mar 28, 2026
Playing
अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने|| Nepal Times
Mar 28, 2026
Playing
ओली–लेखकलाई के स जाय हुनसक्छ? खापुङ किन प क्राउ परेनन् ? || Nepal Times
Mar 28, 2026
Playing
अदाल ती प्रक्रिया के हुन्छ? ओली टिचिङको ‘रेड जोन’मा, लेखक २ नम्बर गणमा|| Nepal Times
Mar 28, 2026
Playing
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्रा*उ
Mar 28, 2026
Playing
विदेशी मिडियामा छाए प्रधानमन्त्री बालेन, कसले के लेखे ? || Nepal Times
Mar 27, 2026
Playing
भ्रष्टाचारको दलदलमा डुबेको मेरो देश || Nepal Times
Mar 27, 2026
Playing
६५ जिल्लाको धुलो र २०७२ को भूकम्पः जसले बालेनलाई प्रधानमन्त्री बनायो|| Nepal Times
Mar 27, 2026

चिनियाँ कम्पनीसँगको साझेदारीमा तमोर र माडी बन्दै

८ मंसिर २०७६

८ मंसिर, काठमाडौँ ।

सरकारले चिनियाँ कम्पनीसँगको साझेदारीमा अगाडि बढाउन लागेको दुई महत्वपूर्ण जलविद्युत् आयोजनाको कामलाई छिट्टै गति दिने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा पूर्वको तमोर जलाशयुक्त आयोजना र पश्चिमको माडी जलाशयुक्त आयोजना निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

Advertisement

सरकारी स्वामित्वको हाइड्रोइलेक्टिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र चीनको पावर चाइनका बीचमा ती आयोजना निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । आज आफूसँग शिष्टाचार भेटका लागि आएका नेपालका लागि चीनका राजदूत होऊ यान्छीसँग ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले राष्ट्रपतिको राजकीय भ्रमणका क्रममा भएको समझदारीअनुसार आयोजनाको काम शुरु हुने बताए ।

मन्त्री पुनले गत महिना भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक रुपमा सम्पन्न भएको भन्दै उक्त भ्रमणका क्रममा नेपाल–चीनबीच एक वर्षभित्र ऊर्जा र जलविद्युत्को क्षेत्रमा सहकार्यको योजना बनाई कार्यान्वयन गर्ने समझदारी भएको भन्दै उक्त समझदारीलाई अघि बढाउने विषयमा समेत छलफल भएको थियो । उनले नेपाल चीनबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक सम्पन्न भइसकेको भन्दै दुवै देशबीच भएका समझदारीलाई अघि बढाउन संयन्त्रको दोस्रो बैठक छिट्टै आयोजना हुने विश्वास व्यक्त गरे ।

मन्त्री पुनले ६० मेगावाट क्षमता भएको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना भर्खरै सम्पन्न भएको भन्दै त्यसमा चीन सरकारले गरेको सहयोगप्रति धन्यवादसमेत दिए । सो आयोजनाको प्रमुख निर्माण कम्पनीका रुपमा चिनियाँ कम्पनी गेजुवा रहेको थियो ।

मन्त्री पुनले सुनकोशी मरिन डाइभर्शन परियोजनामा चिनियाँ ऋण सहयोगका लागि अर्थ मन्त्रालयमार्फत प्रक्रिया शुरु भएको भन्दै त्यसलाई छिटो अघि बढाइदिन चिनियाँ राजदूतलाई आग्रह गरे । उनले पछिल्लो समय नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्ताको सङ्ख्यामा वृद्धि भइरहेको भन्दै सरकार र मन्त्रालयले पूर्णरुपमा सहजीकरण गरिरहेको बताए ।

भेटमा चिनियाँ राजदूत यान्छीले नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि नेपाल सरकारसँग सहकार्यका लागि इच्छुक रहेको बताइन् । उनले चिनियाँ कामदारले व्यहोरिरहेको प्रवेशाज्ञाको समस्या, नीतिगत, बिजुलीको महसुल दरजस्ता समस्या समाधानमा ऊर्जामन्त्रीले खेलेको भूमिकाको प्रशंसा गरिन् । साथै ऊर्जा संयन्त्रको बैठकका लागि आफूले सरोकारवाला निकायसँग छलफल गरेर बैठकको मिति चाँडै टुङ्गो लगाउने जानकारी दिइन् ।

Advertisement

चिनियाँ राजदूतले मन्त्री पुनलाई चीनबाट युनान प्रान्तका गभर्नरको नेपाल भ्रमण हुन लागेको जानकारी दिँदै त्यस क्रममा ऊर्जा क्षेत्रमा सहकार्य गर्न आफूहरु इच्छुक रहेको धारणा राखिन् । ‘चीनबाट गभर्नर तहकै भ्रमण हुँदैछ, युनान जलविद्युत् र ऊर्जा क्षेत्रमा निकै प्रगति गरेको भनेर चिनिने प्रान्त पनि हो, उहाँको भ्रमण ऊर्जा र जलविद्युत् क्षेत्रमा सहकार्य गर्नेमा केन्द्रित हुनेछ’, राजदूत यान्छीले भेटमा भनिन् । रासस

भर्खरको समाचार

अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने

658221545_939344932018858_359187294629822060_n

ओली–लेखकलाई के सजाय हुनसक्छ? खापुङ किन पक्राउ परेनन् ?

656970025_939426805344004_8432959326432520788_n

अमेरिकाविरुद्ध धेरै विकल्पहरू बाँकी रहेको इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

शंखनाद र स्वस्ति बाचनसंगै लिए बालेनले प्रधानमन्त्रीको सपथ

658855684_938633488756669_1735845216725342594_n

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

सम्बन्धित खबरहरु

Scroll to Top