कृषि विकास बैंक घोटालामा आठ जनाविरूद्ध मुद्दा दायर, दुई अर्ब ७१ करोड ४४ लाख बिगो माग

९ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक स्वयम्भू शाखाका तत्कालीन अधिकृत, शाखा प्रबन्धकसहित आठ जनाविरूद्ध भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

३३ करोड ९३ लाख रुपैयाँ घोटाला गरेको अभियोगमा सोमबार शाखा अधिकृत केदारप्रसाद गौतमसहित आठ जनाविरूद्ध अख्तियारले मुद्दा दायर गरेको हो । उनीहरूलाई जनही सोही बराबरको बिगो तथा सजाय माग गरिएको छ। आठ जनाविरूद्ध दुई अर्ब ७१ करोड ४४ लाख बिगो माग दाबी गरी मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

अनुसन्धान अनुसार शाखा अधिकृत केदारप्रसाद गौतमले झूटा विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई रकम जम्मा गरेको, रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयहरूबाट र अन्य विभिन्न बैंकहरूबाट भुक्तानी लिएको खुलेको छ ।

उनले नक्कली नाम तेजबहादुर थापा खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी बनाएको भेटिएको छ। नेपाल छोडेर विदेश फरार हुने योजनाअनुरूप भारत गएर बसेको, योजनाबद्ध ढङ्गबाट पासवर्ड चोरी गरी चलाखीपूर्ण तवरले कार्यालय समयबाहेकको समयमा पनि कार्यालयमा बसी ‘कोर बैंकिङ सिस्टम’को दुरूपयोग समेत गरेको देखिएको अख्तियारले जनाएको छ।

यस्तै, बैंकका शाखा प्रबन्धक भरतबहादुर बानियाँले शाखा प्रबन्धकको हैसियतले आफू कार्यरत बैंकको रेमिटसमेतको आर्थिक कारोबार, कर्मचारीहरूको रेखदेख र नियन्त्रण, व्यवस्थापन, अभिलेख जाँच र व्यवस्थापनसमेतको सम्पूर्ण जिम्मेवारी र दायित्व रहेकोमा सो दायित्व गम्भीरतापूर्वक बहन गर्न नसकेको अभियोग पत्रमा उल्लेख गरिएको छ।

मुद्दामा गौतम पत्नी सम्झना पोखरेल गौतमलाई पनि प्रतिवादी कायम गरिएको छ। गौतमले आफ्ना पति तेजबहादुर थापा भन्ने केदारप्रसाद गौतमले बैंकबाट अनियमित तबरबाट निकालेको रकमबाटै कर्जा तिर्ने गरेको, गैरकानुनी तबरबाट निकालेको रकमको कारोबार गर्न बैंक खाता खोल्ने र बन्द गर्ने कार्यमा प्रत्यक्ष संलग्न भएको अख्तियारले जनाएको छ।

उनले आफ्नो नाममा भएका जग्गा जमिन सबै बेचेर अनियमित तरिकाबाट प्राप्त भएको रकम लुकाउन र प्रयोग गर्ने दुरासयपूर्ण उद्देश्यबाट भारततर्फ नै बसाइँ(सराइँ गरी गएको अख्तियारले जनाएको छ।

गौतमकी कान्छी श्रीमती जेनी श्रेष्ठ गौतमलाई पनि मुद्दा दायर गरिएको छ। उनले आफ्ना श्रीमानलाई नेपालबाट फरार भई विदेश जाने कार्यमा सहयोगीको भूमिका निभाएको र नक्कली नागरिकता र राहदानी बनाई भारतमा गइबसेको अख्तियारको अनुसन्धानबाट पत्ता लागेको छ।

गौतमले बैंकिङ कसूर गरी प्राप्त रकमबाट गाडी खरिद गरेको, सुमन भुजेलमार्फत जग्गाको कारोबारमा लगानी गरेको, सन्दीप गुप्ताले केदारप्रसाद गौतमले बैंकबाट अनियमित तवरले निकालेको रकम बैंकको खातामा जम्मा गरिदिएको र भारत पठाउन समेत सहयोग गरेको देखिएको छ।

यस्तै, अर्का प्रतिवादी सूर्यबहादुर लिम्बूले वसन्त राई भनी कीर्ते नागरिकता बनाइर गौतमले बैंकबाट अनियमित तवरले निकालेको रकम बैंकको खातामा जम्मा गरिदिएको पत्ता लागेको छ। उनले गौतमलाई भारत पठाउनसमेत सहयोग गरेको देखिएको छ।

प्रतिवादी कृष्णहरि थापाले राजीव थापाको नाममा नक्कली नागरिकता बनाएर गौतमसँग मिलेमतो गरी विभिन्न व्यक्तिहरूको नाममा नक्कली नागरिकता बनाउनुका साथै खाता खोल्नका लागि भूमिका निर्वाह गरेको खुलेको छ । थापाले भारतमा बसी उक्त रकमको व्यवस्थापनमा प्रत्यक्षतः संलग्न रही फरार रहेको अख्तियारले जनाएको छ।

सेतोपाटीबाट साभार ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top