Nepal Times
Nepal Times
3
Shares

बिहिबारदेखि काठमाडौँमा हस्तकला ब्यापार मेला हुने

बिहिबारदेखि काठमाडौँमा हस्तकला ब्यापार मेला हुने

९ मंसिर, काठमाडौँ ।
काठमाडौंको भृकुटीमण्डपमा मंसिर १२ देखि १६ गते सम्म १७ औं हस्तकला ब्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिता हुने भएको छ । नेपाल हस्तकला महासंघले नेपाली हस्तकलाको बजार प्रबद्र्धन गर्ने उद्देश्य सहित मेलाको आयोजना गर्न लागिएको जनाएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघका निवर्तमान अध्यक्ष तथा मेला संयोजक धर्मराज शाक्यले उक्त जानकारी गराएका हुन् । मेलामा विदेशी व्यवसायीहरुको समेत सहभागिता रहने भएकाले नेपाली उद्यमीहरुले व्यवसायीक सम्बन्ध स्थापना गर्न सक्ने छन् ।

मेलामा महासंघका सदस्य, विभिन्न जिल्ला हस्तकला संघ र बस्तुगत संघको समेत सहभागिता रहने छ । मेलामा धातुकला, सुनचाँदी सुती तथा ढाकाका सामान, पश्मिना, छालाजन्य उत्पादन, प्राकृतिक रेसा र वाँसबाट बनेका सामानहरु राखिने संयोजक शाक्यले जानकारी दिए ।

मेलामा ८ वटा प्याभिलियन सहित करिब २ सय स्टल रहने छन् । त्यस्तै भारत, श्रीलंका, बंगलादेश लगायतका मुलुकका व्यापारीहरुको पनि करिब २० वटा स्टल रहने छन् । मेलामा हस्तकला कलाकार तथा कालिगढहरुबीच प्रतिस्पर्धा गराई उत्कृष्ट हुनेलाई पुरस्कृत समेत गरिने महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.