×

NEPAL TIMES UPDATES

Playing
‘स्ट्रेट अफ ट्रम्प’ः हर्मुजको नाम बदल्ने ट्रम्पको संकेत, भान्स–नेतन्याहूबीच चर्काचर्की|| Nepal Times
Mar 28, 2026
Playing
World News: इरानमा ८५० टोमहक हानि*यो, अमेरिकी ठेगानाबाट टाढा हुन इरानको चेतावनी || Nepal Times
Mar 28, 2026
Playing
ओली प क्राउपछि एमाले कार्यकर्ताको विरोध उ ग्र, झ डपको अ वस्था सिर्जना|| Nepal Times
Mar 28, 2026
Playing
एमालेले जला यो कार्की आयोगको प्रतिवेदन, बहालवाला न्यायाधीशबाट छानबिन गर्न माग|| Nepal Times
Mar 28, 2026
Playing
Top 15 Afternoon News || Mar-28-2026 || Nepal Times
Mar 28, 2026
Playing
अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने|| Nepal Times
Mar 28, 2026
Playing
ओली–लेखकलाई के स जाय हुनसक्छ? खापुङ किन प क्राउ परेनन् ? || Nepal Times
Mar 28, 2026
Playing
अदाल ती प्रक्रिया के हुन्छ? ओली टिचिङको ‘रेड जोन’मा, लेखक २ नम्बर गणमा|| Nepal Times
Mar 28, 2026
Playing
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्रा*उ
Mar 28, 2026
Playing
विदेशी मिडियामा छाए प्रधानमन्त्री बालेन, कसले के लेखे ? || Nepal Times
Mar 27, 2026

२९० करोड घोटालाको फाइल राष्ट्र बैंकभित्रै गायव, बाहिरबाट फोटोकपी आएपछि अनुसन्धान शुरू

१० मंसिर २०७६

१० मंसिर, काठमाडौँ । 

 निलम्बित डेपुटी गभर्नर शिवराज श्रेष्ठबारे छानविन गर्न गठिन समितिमा साेमबार तीन वटा उजुरी पुग्यो । तीन वटै उजुरी शक्तिशाली निकायबाट स्थान्तरण भएका हुन्, सम्पति शुद्धिकरण अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री कार्यालयबाट ।

Advertisement

उजुरीकर्ता हुन् दीपक कार्की । उनी नेपाल बंगलादेश बैंकका सञ्चालक हुन् । उनीमाथि सञ्चालकको हैसियतमा कर्जा दुरुपयोग गरेको भन्दै राष्ट्र बैंकले अनुसन्धान तथा कारवाही अगाडि बढाएको छ । कार्कीले यस्ताे उजुरी हालेर आफूमाथि हुनसक्ने सम्भावित कारवाहीलाई प्रभावित गर्न खोजेको राष्ट्र बैंकको आशंका छ ।

‘यो त एउटा उदाहरण मात्र हो’ छानविन समिति सम्बद्ध स्रोतले भन्यो- ‘दिनदिनै उजुरी थपिएका छन् । एक महिनाको अवधि सकिन लाग्यो । उजुरीको चाङ केलाएर साध्य छैन । कहिले भ्याउने, कसरी भ्याउने । हामी नै तनावमा छौं ।’

कस्ता कस्ता उजुरी परे त ? थोरै भएपनि खोतल्ने प्रयास गरौं ।

राष्ट्र बैंकको कार्यालय समय सकियो । उनी अर्को मिटिङको लागि हतारिएका थिए । लामो कुरा गर्न उनलाई फुर्सद भएन ।

‘समाचारमा मेरो नाम कतै नलेख्दिनु होला’ उनले विश्वासको वातावरण खोजे । हामीले ‘निर्धक्क हुन्न’ भन्यौ ।

उनी बढो निरासपूर्ण ढंगले बोल्न थाले । ‘२ अर्ब ९० करोड घोटालाको फाइल राष्ट्र बैंकभित्रै दवाईएको रहेछ । ग्राण्ड बैंकको । बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत सुधिरबाबु खत्री र सुधिर बस्नेतबीच भएको कारोबारको विषय ।’

के रहेछ त्यसभित्र ? हामीले सोध्यौं ।

‘फाइल हेर्न भ्याएको छैन । ४००/५०० पेजको फाइल छ । हामीलाई पुरै फाइलको फोटोकपी प्राप्त भएको छ । पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीको नेतृत्वमा अनुसन्धान भएको रहेछ । कारवाही प्रक्रिया अगाडि बढ्दै गर्दा उनको कार्यकाल सकियो ।’

तर स्रोतको भनाई सकिएको छैन । उनी हतारमा छन् । भटाभट भन्दै अगाडि बढ्छन् ।

‘त्यसपछि केही समय डेपटी गभर्नर पद खाली भयो । नयाँ डेपुटी गभर्नर आएपछि उक्त विभागको जिम्मेवारी डेपुटी गभर्नर शिवराज श्रेष्ठको भागमा पर्यो । त्यसपछि फाइल हराएछ’ उनले भने ।

फोटोकपी फाइल कहाँबाट आयो त ? हामीले बाटैमा प्रश्न तेर्सायौं ।

‘३० वर्षे कार्यकाल पूरा गरी अवकास पाएका कर्मचारीले फोटोकपी ल्याएर दिए’ गम्भिर कुरो आयो ।

‘त्यो मात्र होइन, अरु धेरै फाइल हराएका रहेछन्’ उनी फरर्र बोल्दै गए ।

‘एउटा टेबुलको फाइल अर्को टेबुलमा १६ महिनासम्म सरेको छैन । धेरै फाइल यस्तो भएको छ एउटा टेबुलबाट अर्को टेबुलमा जान ८ महिना, १२ महिना लागेको छ । एच एण्ड बी बैंकको फाइल, भिवोर विकास बैंकको फाइल, क्यापिटल मर्चेन्ट एण्ड फाइनान्ससँग सम्बन्धित फाइलमा यस्ताे भएकाे देखियाे । पवन कार्कीलाई अमेरिका भाग्न सूचना चुहाएर राष्ट्र बैंककै कर्मचारीले सहयोग गरेका रहेछन्’ झन् गम्भिर कुरा आयो ।

उनी अलि जंगिए । ‘तपाईहरु पत्रकार । गभर्नरलाई सोध्नु न । यस्तो कसरी हुन्छ ? एउटा टेबुलमा ८ महिनादेखि १६ महिना फाइल राेकिन्छ भने त्यसकाे असर कहाँ कहाँ पर्छ ?’

आजैको कुरा फेरी सुनाए । ‘२०७३ सालमा शिवराज श्रेष्ठ मेक्सिको भ्रमणमा गएका रहेछन् । उक्त भ्रमणमा भएको खर्च, विल भर्पाइ सहितको फाइल मगायौं । प्रशासनमा फाइल नै रहेछन् । मैले गाली नै गरे । ‘तिमीहरु के गरेर बस्छौं ?’ फेरी हामीले शिवराज श्रेष्ठ माथिको अनुसन्धानबारे केन्द्रीत हुन प्रयास गर्यौ ।

Advertisement

‘सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले प्रधानमन्त्रीको कार्यालयलाई बुझाएको फाइल हामीलाई आएको छ । त्यसमाथि हामीले गम्भिर अध्ययन गर्दैछौ । एनसेललाई लाभांश भुक्तानी दिएको विषयमा पनि डकुमेन्टहरु अध्ययन गरिरहेका छौं । ६/७ वटा गम्भीर प्रकृतिकाे उजुरी परेका छन् । त्यसमा पनि राम्राे अध्ययन हुनु पर्याे । हामीले गरेको सिफारिसको आधारमा भोली सरकारले कारवाही गर्ला । त्यसका विरुद्ध उहाँ (शिवराज श्रेष्ठ) अदालत जानुहोला । हामी प्रमाण पुर्याएर मात्र निष्कर्षमा पुग्छौं । हामी सकेसम्म चाँडो रिपोर्ट तयार गर्दैछौं । तपाईहरुले पाइहाल्नुहुन्छ’ उनी गाडीमा अगाडि बढे ।(विकास न्युजबाट)

भर्खरको समाचार

अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने

658221545_939344932018858_359187294629822060_n

ओली–लेखकलाई के सजाय हुनसक्छ? खापुङ किन पक्राउ परेनन् ?

656970025_939426805344004_8432959326432520788_n

अमेरिकाविरुद्ध धेरै विकल्पहरू बाँकी रहेको इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

शंखनाद र स्वस्ति बाचनसंगै लिए बालेनले प्रधानमन्त्रीको सपथ

658855684_938633488756669_1735845216725342594_n

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

सम्बन्धित खबरहरु

Scroll to Top