सेन्ट्रल जोन विजेता राष्ट्रिय महिला भलिबल टोली सम्मानित

१० मांसिर, काठमाडौं । नेपाल सरकारले नेपाली भलिबलमा ऐतिहासिक उपाधि जिताउन सफल महिला भलिबल टोलीलाई मंगलबार सम्मानित गरेको छ । नेपाली भलिबलमा ऐतिहासिक पदक जित्न सफल महिला भलिबल टोलीलाई आज आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले जनही ३ लाख रूपैयाँको दरले मंगलबार सम्मानित गरेका हुन् ।

१३औं साग आयोजक समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवालले ऐतिहासिक उपाधि जितेर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थलमा स्वागतको क्रममा च्याम्पियन टोलीका प्रत्येक सदस्यलाई जनही ३–३ लाख रुपैया उपलब्ध गराउन सरकारसँग पहल गरिने बताएका थिए ।

सोही अनुसार नै सरकारले टोलीलाई नगदसहित सम्मानित गरेका हुन् । सेन्ट्रल जोन खेलेको उपाधि विजेता टोलीमा १२ खेलाडी, ३ प्रशिक्षक र १ व्यवस्थापकसहित १६ सदस्य छन् ।

नेपालले कात्तिक २८ गते बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्ने क्रममा एकपक्षीय नतिजा निकालेको थियो । फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो । नेपाली टोली अहिले घरमै आयोजना हुने १३औं सागको तयारीमा रहेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top