पूर्व राजाद्वारा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना

१० मंसिर ७६, बुधबार

१० मंसिर, काठमाडौँ ।
पूर्व राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

Advertisement

पूर्व राजा शाहले मंगलबार अपरान्ह आफ्ना निजी सचिव पशुपतिभक्त महर्जनलाई प्रधानमन्त्री ओली उपचाररत त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टर पठाएका थिए ।

महर्जनले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर पूर्व राजा शाहको तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना गरेको बताईएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top