दिनभरका प्रमुख खबरहरु

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(मताधिकार प्रयोग गर्नुस्)
भोलि शनिबार हुने उपनिर्वाचनमा निर्धक्क भएर भाग लिन निर्वाचन आयोगको आग्रह / मतदाताहरुले सरकारी कार्यालयबाट जारी भएका आफ्नो परिचय झल्कने फोटो सहितको कुनैपनि परिचयपत्र देखाएर मतदान गर्न पाउने ।

२.(धनपालमा माछा काण्ड)
मौन अवधिमा मतदातालाई माछा वितरण गर्न पोखरीबाट माछा मार्न थालिएपछि मोरङको धनपालथानमा केही व्यक्तिलाई स्थानीयले प्रहरीको जिम्मा लगाए/ मतदातालाई माछा बाँढ्ने तयारी गरेको आरोप ।

३.(सिद्धबाबा पनि….)
सिद्धबाबा भनिने कृष्णदास गिरीलाई बलात्कार अभियोगमा जिल्ला अदातल सुनसरीद्वारा पक्राउ पुर्जी जारी /एक जना अनुयायीले गिरीमाथि आश्रममा भेट्न बोलाएर बलात्कार गरेको आरोप ।

४.(सेनामा पनि अनियमितता)
आफ्नो मेडिकल कलेजले विद्यार्थीहरुसँग बढी शुल्क लिएको नेपाली सेनाद्वारा स्वीकार /शुल्क समायोजन गरेर सरकारको निर्णय कार्यान्वयनमा सघाउने सेनाको प्रतिवद्धता ।

५.(देशको स्वाभिमान)
भारत र चीनले नेपालसंगको सम्बन्धलाई २ं१ को रणनीति बनाउन खोजेको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालको असन्तुष्टि /नेपालले त्रिदेशीय रणनैतिक साझेदारीको सम्बन्ध स्थापित गर्न जनमत निर्माण गर्नु पर्ने उल्लेख ।

६.(आउलान् त रसियन)
रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमण सकेर पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली स्वदेश फर्किए /राष्ट्रपति पुटिन, प्रधानमन्त्री दिमित्री मेतभेदेव र विदेशमन्त्री सर्गेइ लाभरोभलाई नेपाल भ्रमणको निम्तो ।

७.(अस्पताल बसाई लम्बियो)
शिक्षण अस्पताल महाराजगंजमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली अझै एकसाता अस्पतालमै रहने / प्रधानमन्त्रीलाई मुखबाट ठोस खानेकुरा खुवाउन थालिएको र समान्य हिंडडुल गर्न सक्ने भएको चिकित्सकहरुको भनाई ।

८.(महामहिमको जन्ती स्वागत)
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जनकपुरमा रामजानकी विवाह महोत्सवमा सहभागी भई भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत ÷जनकपुरको रंगभूमि मैदान बाह्र बिघामा तिलक समारोहमा सम्बोधन ।

९.(लगानीका बाटा)
नेपालको पर्यटन, उर्जा, पूर्वाधार, होटल लगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई अर्थमन्त्री डा. युवराज खतिवडाको आग्रह /नेपालको पूर्वाधार, जलविद्युत, पर्यटन तथा होटल क्षेत्रमा लगानी बढाउन चिनियाँ लगानीकर्ताहरु इच्छुक ।

१०.(स्टुडियोमा कालो काम)
सरकारी कागजात कीर्ते गर्ने फोटो स्टुडियो संचालकहरु पक्राउ /पक्राउ परेका ३ जनाले प्रहरी , निर्वाचन आयोग तथा विभिन्न राजनीतिक दलका कागजपत्रहरु कीर्ते गरि बेचबिखन गर्ने गरेको फेला ।

११.(सञ्चारमन्त्रीका गफ)
सञ्चार माध्यमलाई जिम्मेवार बनाउन नयाँ कानून ल्याउनु परेको सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भनाई /समाचार प्रकाशनमा गलत अभ्यास हुन नदिन पनि विधेयक अपरिहार्य रहेको उल्लेख ।

१२.(दुःखद् खबर)
सुर्खेतबाट दैलेख जाँदै गरेको माइक्रोबस गुराँस गाउँपालिकामा दुर्घटना हुँदा तीन जनाको मृत्यु /१३ जना घाइते /सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको माइक्रोका चालक फरार ।

१३.(सहिद स्मारकको छिनोफानो)
मसिर २८ बाट हुने सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेल मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब बीच हुने /लिग नियमावली उपलब्ध नगराएको भन्दै मनाङ,एनआरटी र च्यासलद्वारा भने बहिष्कार ।

१४.(सागका खेल)१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबलको समूह विजेता बन्दै भारत सेमिफाइनलमा प्रवेश /नेपाल उपविजेताका रुपमा सेमिफाइनलमा /क्रिकेट अभ्यास खेलमा नेपाल ‘ए’ द्वारा माल्दिभ्स १ सय ७ रनले पराजित ।

र,
१५.(सन्तुलन बिग्रिए)
अमेरिकाले हङकङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूलाई समर्थन गरेको भन्दै अमेरिकाविरुद्ध कडा कारबाही गरिने चीनको चेतावनी/ हङकङ जिल्ला चुनावमा बेइजिङ समर्थकको हार र आन्दोलनकारीलाई भने ठूलो सफलता ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top