×

NEPAL TIMES UPDATES

Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कुटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026

९० हजार घुससहित प्रहरी निरीक्षक पक्राउ

१४ मंसिर २०७६

१४ मंसिर, धनुषा ।
जनकपुरधाममा रामजानकी विवाह महोत्सवका लागि खटिएका एक प्रहरी निरीक्षक ९० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही जिल्लामा कार्यरत प्रहरी निरीक्षक रामकिशोर साहलाई विवाह पञ्चमी महोत्सवमा सुरक्षाका लागि खटिएका बेला शुक्रबार दिउँसो घुससहित पक्राउ गरेको हो ।

Advertisement
Advertisement

जनकपुरधामको रामानन्दमा रहेको होटल सीता प्यालेसबाट साहलाई घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ । ठगी मुद्दा मिलाइदिने शर्तमा ९० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले साहलाई पक्राउ गरेको बताइएको छ ।

Advertisement
Advertisement

लामो समयदेखि जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी निरीक्षक साहलाई विवाह पञ्चमीको सुरक्षाको लागि काजमा जनकपुरधाम बोलाइएको थियो । पक्राउ परेका साहलाई नियन्त्रणमा लिएर भ्रष्टाचार निवारण ऐन अनुसार मुद्दा चलाउने तयारी भइहेको अख्तियारले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top