बलात्कार आरोपी सिद्धबाबा ‘हृदयाघात’ भएको भन्दै आईसीयूमा भर्ना

१४ मंसिर ७६, आइतबार

१५ मंसिर, विराटनगर ।
बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने जगतगुरु कृष्णदासजी महाराज स्वास्थ्यमा समस्या भएको भन्दै आइसियुमा भर्ना भएका छन् ।

Advertisement

बलात्कार आरोपमा पक्राउका लागि प्रहरी अस्पताल आइपुगेपछि उनी आइसियुमा भर्ना भएका हुन् ।  आइसियुमा भर्ना हुनुपूर्व सार्वजनिक भएको अडियो टेप रेकर्ड आफ्नो नभएको समेत उनले दाबी गरेका छन्। आइतबार  सञ्चारकर्मीसंग आफ्ना भनाई राख्दै उनले भने, ‘सार्वजनिक भएको अडियो मेरो होइन, यसको सत्यतथ्य छानबिन गरी वास्तविकता पत्ता लगाउन आग्रह छ।’

उनले आफूलाई फसाउने प्रयास भएको बताए। ‘मलाई फसाउने खेलमा विभिन्न प्रपन्च रचिएको छ। यसमध्ये यो पनि एक हो। सार्वजनिक भएको आवाज मेरो होइन्, बुझिदिनुस्। सो आवाज मेरो जस्तो बनाइएको छ’, उनले भने ।

Advertisement

गत कात्तिक ४ गते बलात्कार गरेको भन्दै एक महिला अनुयायीले प्रहरीमा उजुरी दिएकी थिइन् । सिद्धबाबा भने गत बिहीबारबाट विराटनगरको विराट नर्सिङ होममा उपचारका लागि भर्ना भएका थिए ।

हाल उनलाई आइसियुको १० नम्बर बेडमा भर्ना गरिएको छ। कृष्णदासजीको वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरी नेतृत्वको टोलीले उपचार सुरु गरेको छ।

Advertisement

गत शुक्रबार सुनसरी अदालतले कृष्णदासजी महाराजलाई पक्राउको अनुमतिदिएसँगै प्रहरी अनुसन्धानका लागि विराटनगर आउने क्रममा उनी आइसियुमा भर्ना भएका हुन्।

उनलाई पक्राउ गर्न सुनसरीबाट खटिएका प्रहरी नायव उपरीक्षक विनोद शर्माले सिद्धबाबालाई आइसियुमा भर्ना गरिएपछि सबैपक्षसँग आवश्यक सरसल्लाहसहित अघि बढ्ने जानकारी पनि दिएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top