कठमाडौं, फागुन २२
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले सरकारमा जाने औपचारिक निर्णय गरेको छ । पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले बामगठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
बामगठबन्धन संविधान संशोधन गर्ने आफूहरुको मुख्य माग सम्बोधन गर्न तयार भएपछि सरकारमा सहभागी हुने निर्णय लिइएको पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
बैठकमा एमाले र माओवादी केन्द्रको नेतृत्वसँग संविधान संशोधनका विषयमा भएको छलफलको समीक्षा समेत गरिएको थियो ।
सरकारमा सहभागी हुने निर्णय लिएको फोरमले उपप्रधानमन्त्रीसहित ३ वटा मन्त्रालयमा दावी गर्दै आएको छ । यता बामगठबन्धनले भने फोरमलाई २ वटा मन्त्रालय दिने तयारी गरेको छ ।
भोलिसम्ममा मन्त्रालयको भागबन्डा टुंगो लगाई मन्त्रिपरिषद विस्तार गर्ने तयारी भईरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।