पुनः श्रम स्वीकृतिका लागि ई–टोकन सुरु

१६ मंसिर ७६, सोमबार
Share this
784shares

१६ मंसिर, काठमाडौ। वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन श्रम कार्यालयमा गएर घण्टौँ  लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । वैदेशिक रोजगार विभागले आइतबारदेखि अनलाइन फारम भरेर ई–टोकन अर्थात् विद्युतीय पालो प्रणाली नम्बरका आधारमा पालो आउने व्यवस्था गरेसँगै सेवाग्राहीलाई घण्टौँ लाइन बस्नुपर्ने बाध्यता अन्त्य भएको हो ।

Advertisement

विभागले आइतबारदेखि विराटनगरबाहेक छवटा श्रम कार्यालयबाट ई–टोकन वा विद्युतीय पालो प्रणाली सुरु गरेको छ । मङ्सिर १ गतेदेखि ई–स्टिकर कार्यान्वयनमा ल्याएको विभागले १५ गतेदेखि उक्त प्रणाली सुरु गरेको हो । विराटनगर श्रम कार्यालयको ठाउँ सानुपर्ने भएकाले यो प्रक्रिया एक÷दुई दिन ढिला सुरु हुने विभागले जनाएको छ । विभागका महानिर्देशक भीष्मकुमार भुसालले वैदेशिक रोजगारीमा जान चाहने युवाको प्रक्रियागत काम सरल र व्यवस्थित गराउने उद्देश्यले विद्युतीय पालो प्रणाली कार्यान्वयनमा ल्याएको जानकारी दिए ।

उनका अनुसार उक्त प्रणालीअन्तर्गत सेवाग्राहीले श्रम स्वीकृतिका लागि अनलाइनमार्फत फाराम पेस गर्ने्बित्तिकै निजको श्रम स्वीकृति लिने पालो कुन दिन पर्छ भन्ने थाहा हुने छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top