नेपाली भूमि फिर्ता गराउन प्रधानमन्त्रीले थाले पहल, नेता नेपाललाई दिल्ली पठाउने तयारी

१५ मंसिर ७६, सोमबार

१६ मंसिर, काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवादबारे आवश्यक संवाद गरी निकास निकाल्न नेपालका तर्फबाट विशेष दूत नयाँ दिल्ली पठाउने तयारी गरेका छन् ।

भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभागलाई पुनः समावेश गरेपछि सो भूमि फिर्ता गराउन सरकारमाथि दबाब पर्दै आएको छ ।

प्रधानमन्त्री ओलीले पनि भारतबाट अतिक्रमण भएको नेपाली भूमि कुटनीतिक पहलमार्फत फिर्ता गरिने प्रतिबद्धता जनाउँदै कालापानीबाट भारतीइ सेना हट्नुपर्ने बताउँदै आएका छन् ।

Advertisement

नेकपा स्रोतका अनुसार पार्टी वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालको नेतृत्वमा विशेष दूत नयाँदिल्ली पठाउने तयारी प्रधानमन्त्री ओलीले गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top