१३ औं साग : चञ्चलाले दिलाइन् नेपाललाई पहिलो रजत

१६ मंसिर, काठमाडौँ ।
१३ औं साग खेलको कँरातेको व्यक्तिगत कातातर्फ नेपालकी चञ्चला दनुवारले नेपाललाई पहिलो रजत दिलाएकी छिन् ।उनलाई पाकिस्तानकी साहीदाले फाइनलमा पराजित गरेपछि रजतमा चित्त बुझाउनुपरेको हो।

Advertisement

फाइनलमा पाकिस्तानकी साहीदाले २५।२८ अंक प्राप्त गरेकी थिइन् भने चञ्चलाले२४।६२ अंक मात्रै हासिल गरिन्। चञ्चलाले आफ्नो समूहमा रहेका बंगलादेशी र भुटानी प्रतिद्वन्द्वीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन्। उनले २४।०२ अंक प्राप्त गर्दै फाइनलको यात्रा तय गरेकी थिइन् ।

पाकिस्तानले नेपाललाई पराजित गर्दै १३ औं साग खेलमा पहिलो पदक जितेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top