कास्की क्षेत्र नं २ मा १९ उम्मेदवारको जमानत जफत

१५ मंसिर ७६, सोमबार

१६ मंसिर, पोखरा । 

कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १९ उम्मेदवारको जमानत जफत भएको छ ।

सो क्षेत्रमा २१ जनाले मनोनयन दर्ता गराएकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको हो । जमानत जोगाउनका लागि खसेको मतको १० प्रतिशत मत पाउनुपर्ने निर्वाचन ऐनमा उल्लेख छ

कास्की २ मा ७१ हजार ८७१ मतदातामध्ये ४५ हजार ५४६ ले मतदान गरेका थिए । जमानत जोगाउनका लागि कम्तीमा चार हजार ५५६ मत चाहिएको थियो । चुनावी मैदानमा २१ जनामध्ये पाँच मत कटाउन नसकेका उम्मेदवारको सङ्ख्या छ रहेको छ । स्वतन्त्र उम्मेदवारका रुपमा रहेका उनीहरुमा दुई जनाले एक–एक मत, तीन जनाले चार–चार मत र एक जनाले पाँच मत पाएका छन् ।

राष्ट्रिय दलको मान्यताप्राप्त पार्टी समाजवादी पार्टीका उम्मेदवारको पनि जमानत जफत भएको छ । कास्की २ मा मतको आधारमा तेस्रो स्थानमा रहेका सो दलका धर्मराज गुरुङले एक हजार ९२२ मत मात्र प्राप्त गरे ।

त्यस्तै राप्रपाका रोमबहादुर भण्डारीले एक हजार १५३, साझा पार्टीकी रजनी केसीले ९४२, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)की गङ्गा मल्लले ९५, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले ३५, देशभक्त समाज पार्टीका वीरबहादुर विश्वकर्माले ११, नेकपा९माले०का टेकनारायण भण्डारीले ५१, मङ्गोल नेशनल अर्गनाइजेशनका रियाज गुरुङले १३८, काँग्रेस (बिपी)का चन्द्रबहादुर रानाभाटले २८ र विवेकशील पार्टीकी स्वतन्त्र उम्मेदवार जमुना शर्माले ७७ मत पाएका छन् ।

स्वतन्त्ररुपमा चुनावी मैदानमा उत्रिएका उमानाथ गौतमले एक, कमलजङ्ग कुँवरले ६१, दीपक रेग्मीले पाँच, नवराज बाँस्तोलाले १८, यज्ञप्रसाद पङ्गेनीले एक, रनबहादुर दमैले चार, लक्ष्मीकुमारी भुजेलले चार, सुनिलबहादुर कोइरालाले ११ र सुनिल भुसालले चार मत पाएका छन् । रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top