×

NEPAL TIMES UPDATES

Playing
नेपालमा गृहमन्त्रीहरुको पक्राउः कानूनी राज्य कि प्रतिशोध, वा पात्र खराब?|| Nepal Times
Mar 28, 2026
Playing
ओली पक्राउ पर्दा एमाले उग्र, प्रहरीसंग झडप, प्रदर्शनकारी घाइते, प्रहरीलाई छैन विदा || Nepal Times
Mar 28, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Mar 28, 2026
Playing
१४ वर्ष जे*ल बसेर ल्याएको व्यवस्थामा ३८ वर्षपछि ओलीको नियति फेरि जे*ल?|| Nepal Times
Mar 28, 2026
Playing
‘स्ट्रेट अफ ट्रम्प’ः हर्मुजको नाम बदल्ने ट्रम्पको संकेत, भान्स–नेतन्याहूबीच चर्काचर्की|| Nepal Times
Mar 28, 2026
Playing
World News: इरानमा ८५० टोमहक हानि*यो, अमेरिकी ठेगानाबाट टाढा हुन इरानको चेतावनी || Nepal Times
Mar 28, 2026
Playing
ओली प क्राउपछि एमाले कार्यकर्ताको विरोध उ ग्र, झ डपको अ वस्था सिर्जना|| Nepal Times
Mar 28, 2026
Playing
एमालेले जला यो कार्की आयोगको प्रतिवेदन, बहालवाला न्यायाधीशबाट छानबिन गर्न माग|| Nepal Times
Mar 28, 2026
Playing
Top 15 Afternoon News || Mar-28-2026 || Nepal Times
Mar 28, 2026
Playing
अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने|| Nepal Times
Mar 28, 2026

सार्थक बन्दैछ सुरुङमार्गको सपना

१६ मंसिर २०७६

१६ मंसिर, काठमाडौँ । 

 सिद्धबाबा नाम सुन्ने वित्तिकै बुटवल, पाल्पा, स्याङ्जा र गुल्मीका जनताले लामो स्वास फेर्छन् । वर्षा शुरु भएपछि त्यस सडकखण्ड भएर यात्रा नै गर्नु नपरोस् भन्ने ती जिल्लाका बासिन्दाको मनमा राम्रैगरी पर्छ । उपाय पनि थिएन ।

Advertisement

‘पहिरोले कतिबेला कस्को जीवन खोस्ने हो ? को घाइते हुने हो भन्ने कुनै ठेगान थिएन । हामीले विभिन्न उपाय पनि अपनायौं, तर कुनै उपायले काम गरेन, अन्ततः सुरुङमार्ग नै उत्तम विकल्प हुने निष्कर्षमा पुग्यौं । लामो समयदेखिको मेहनतले सार्थकरुप लिन लागेको छ’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कार्यालयमा नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले भने ।

सिद्धार्थ राजमार्गको सबैभन्दा कठिन र सयौं नागरिकको ज्यान लिएको सिद्धबाबामा सुरुङमार्ग बनाउने विषय स्थापित गर्न लामो समय लाग्यो । ‘सपना नदेखि त केही हुँदैन भन्ने मनमा थियो, समयक्रममा मलाई अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर मिल्यो, बजेट पनि ल्याउनुपर्ने थियो । मैले सिद्धबाबामा सुरुङ निर्माण गर्ने विषयलाई बजेटमा समावेश गरे’, महासचिव पौडेलले भने ।

आर्थिक वर्ष २०७३/७४ को वार्षिक बजेटको ७३ नम्बर बुँदामा ‘सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माणको विस्तृत अध्ययन तथा परियोजना प्रस्ताव तयार पार्न बजेट विनियोजन गरेको छु’, भन्ने पदावली समेटियो । ‘त्यो शब्द राख्दा जति खुशी लागेको थियो, त्यो भन्दा बढी नयाँ बानेश्वरस्थित संसद् भवनमा त्यो शब्द पढ्दा मलाई बढी खुशी लाग्यो’, पूर्व अर्थमन्त्रीसमेत रहनुभएका नेकपा महासचिव पौडेलले भने ।

पहिराका कारण दैनिकजसो नै सवारीसाधन रोकिँदा यात्रा गर्नेका लागि सो मार्ग मृत्यु मार्ग जस्तै बनेको यथार्थता भोग्नेलाई मात्र थाहा छ । पटक–पटक सरकार, मन्त्री, आयोजनाका प्रमुख र सडक विभागका उच्चपदस्थ कर्मचारीसमेत बदलिए । स्थानीयवासी सधैँ समस्यामा नै परिरहे । पहिरोमा परेका कतिका परिवार बिते, कति टुहुरा भए ।

अनि अपाङ्गताको जीवन अझै बाँचिरहेका पनि छन् । तिनलाई सरकार भएको र नभएको कुनै फरक परेन । सडकले जीवन लिएकाले समस्याबाट कहिले मुक्ति पाइएला भनेर बस्नुको विकल्प थिएन । किनकी राज्यले उनीहरुको दुःख देखेकै थिएन । देखेकै भए पनि अनुभव गरेको थिएन ।

बुटवल र पाल्पावासीका लागि सिद्धबाबा खण्ड एउटा नराम्रो यथार्थ जस्तै बनेको थियो । जनताप्रति उत्तरदायी सरकारले सो सडक खण्डमा स्थानीयवासीले भोगेको समस्या समाधानका लागि सरकारले एउटा उपाय निकालेको महासचिव पौडेल स्मरण गर्छन् । बजेटमा समेत समावेश ग¥यो । सो सडक खण्डमा सुरुङमार्ग निर्माण गर्न सकियो भने स्थानीयवासीको समस्या समाधान हुनसक्छ भन्ने ध्येयका साथ गरिएको प्रयासले सार्थकता पाएकामा खुशी देखिन्छन् पौडेल ।

स्थानीयवासीको लामो समयदेखिको मागलाई सरकारले सम्बोधन गरेको छ । सो सडकखण्ड भएर दैनिकयात्रा गर्ने यात्रुलाई सिद्धबाबाबाट कहिलेमुक्ति पाइएला भन्ने दशकाँैदेखिको सपना पूरा हुने भएको छ । अर्थ मन्त्रालयले यही मङ्सिर २ गते सो खण्डमा सुरुङमार्ग निर्माणका लागि बहुवर्षीय रुपमा खर्च गर्ने गरी रु १० अर्ब १५ करोड बराबरको स्रोत सुनिश्चितता गरिदिएको छ ।

‘स्रोत सुनिश्चित भएपछि अब केही प्राविधिक तयारीमा लाग्नुपर्छ । सडक विभागले अव विश्वव्यापी बोलपत्र आह्वान गर्ला, सक्षम निर्माण व्यवसायी पनि छान्ला, हामी त्यसलाई समयमै अगाडि बढाउन थप सहजीकरण गर्छौ’, पौडेलले भने, ‘छिटो भन्दा छिटो स्थानीयवासीको समस्या समाधानका लागि हामी सरकारी निकायलाई काम गर्न अभिप्रेरित गर्छौ ।’

थानकोट–नागढुङ्गा सुरुङमार्गको शिलान्यास भइसकेको छ । सो आयोजनाको निर्माणकार्य शुरु हुन लागेकै बखत अर्थमन्त्रालयले सिद्धबाबा सडक खण्डमा सुरुङमार्ग निर्माणका लागि स्रोत सुनिश्चितता गरेको हो । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले सो आयोजनाका लागि स्रोत सुनिश्चितता भएको सहमतिपत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पठाएको छ । यही मङ्सिर १ गते अर्थमन्त्री डा.युवराज खतिवडाले मन्त्रिस्तरीय निर्णय गरी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई स्रोतको सुनिश्चितता गरिदिएका हुन् ।

सो पत्र मङ्सिर २ गते मात्रै अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पठाएको छ । ‘एउटा ठूलो प्रयासले सार्थकरुप लिएको छ । हामी सो सुरुङमार्गलाई समयमै सम्पन्न गर्न आवश्यक पहलकदमी लिन्छौं, स्थानीयवासीले दैनिक भोग्दै आएको समस्या समाधान गर्छौ’, पौडेलले भने ।

अर्थले भौतिकको प्रस्तावअनुसार नै सिद्धबाबामा सुरुङमार्ग निर्माणकार्य ‘डिजाइन एण्ड विल्ड’ ढाँचामा निर्माणका लागि स्रोतको सुनिश्चितता गरेको हो । उक्त सुरुङमार्ग निर्माणका लागि राष्ट्रिय योजना आयोगबाट स्वीकृत ‘बहुवर्षीय ठेक्का मापदण्ड २०७६’ बमोजिमको प्रक्रिया पूरा गरी काम अघि बढाउन अर्थले स्वीकृति दिएको पत्रमा उल्लेख छ ।

सडक विभागका प्रवक्ता शिवहरि सापकोटाका अनुसार त्यस मापदण्डले तोकेको प्रक्रिया पूरा गरी अब खरीद शुरु गर्न मार्ग प्रशस्त गरेको छ । स्वीस परामर्शदाताले सो सुरुङमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारी विभागमा पेश गरिसकेको छ । डिपीआर पनि तयार भइसकेको र स्रोतसमेत सुनिश्चित भएपछि विभागले अब बोलपत्रमार्फत ठेकेदार छनोट गरी निर्माण कार्य अगाडि बढाउने छ ।

अर्थमन्त्रालयले डिपीआरबमोजिम हुने गरी डिजाइन, निर्माण तथा सञ्चालन र मर्मत गर्ने कार्यमा प्राविधिक सेवाको सुनिश्चित गरी लागत अनुमानबमोजिम खर्च हुनेगरी अनुमानित रकम मध्यकालीन खर्च संरचनामा समावेश गरेको छ । सोही संरचनाअनुसार नै बहुवर्षीय ठेक्काबाट खरीद प्रक्रिया अघि बढाउन सहमति प्रदान गरिएको छ । ‘हामीले भन्दै आएको ढाँचामा नै स्रोतको सुनिश्चितता भएको छ’, प्रवक्ता सापकोटाले यसअघि नै रासससँगको कुराकानीमा बताएका थिए ।

सिद्धार्थ राजमार्गअन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करीब चार किलोमिटर क्षेत्र पहिराको अत्यधिक जोखिममा छ । त्यसैलाई मध्यनजर गरी माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको एक हजार ३०० मिटर क्षेत्रमा स्वीस सरकारको विकास सहयोगमार्फत सुरुङमार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरेको थियो ।

सडकखण्डलाई पहिरोबाट सुरक्षित बनाउनेबारे यसअघि विभिन्न अध्ययन तथा जैविक प्रयोग गरिए पनि सफल भने हुन सकेको थिएन । सडक विभागका अनुसार चिडियाखोला छेउबाट शुरु भएको सुरुङमार्ग दोभान नजिकैको रामापिथेकस पार्कको उत्तरतर्फ पुग्नेछ । स्थानीय दोभान सडकखण्डमा वर्षायाममा मात्र नभइ हिउँदमासमेत खस्ने सुक्खा र ढुङ्गे पहिरोका कारण उक्त सडकखण्ड भएर यात्रा गर्नेले दैनिक सास्ती भोग्दै आएका छन् ।

देशको एक प्रमुख र व्यस्त राजमार्गको सडकमा स्थानीयवासीले भोग्दै आएको हैरानी र क्षतिको न्यूनीकरणका लागि सुरुङमार्ग नै उत्तम र भरपर्दो विकल्प देखिएको थियो । सरकारले चालू आर्थिक वर्षको बजेटमा समेत देशका विभिन्न स्थानमा सुरुङमार्ग निर्माणको अध्ययन शुरु गर्ने कार्यक्रम समावेश गरेको छ ।

आफूले बजेटमा समावेश गरेको बुटवल– भैरहवा सडक खण्ड, कोहलपुर नेपालगञ्ज सडक, पथलैया–रक्सोल सडक खण्डलगायत नेपाल–भारत सीमा जोड्ने सडक खण्डमा भइरहेको प्रगतिले पनि देश बन्दैछ भन्ने सन्देश गएको नेता पौडेलको भनाइ थियो ।

शुरुमा बुटवलको एउटा चोकमा सडक जामका कारण स्थानीयवासीले समस्या व्योहोरेको देखेपछि सडक चौडा पार्ने उपाय निस्केको स्मरण गर्दै उनले भने, ‘बुटवल– भैरहवा सडक खण्डको विस्तार गर्ने योजना बनाउँदै गर्दा अन्य सीमावर्ती क्षेत्रको सडक विस्तार गर्ने योजना समेत बने । ती मध्ये केही सम्पन्न भइसकेका छन् भने केही निर्माणको क्रममा छन् ।’

बुटवल– नारायणगढ सडक खण्ड थप चौडा हुँदैछ, दाउन्नेमा पनि सुरुङ मार्ग बनाउने गरी काम भइरहेको छ । हाल अध्ययनको क्रममा रहेको दाउन्नेखण्डको सुरुङमार्गले पनि केही समयभित्रै सार्थकरुप लिँदैछ । पूर्व–पश्चिम राजमार्गलाई चार लेनको बनाउने विषय समेत आफू अर्थमन्त्री हुँदा बजेटमा समावेश गरेको जानकारी दिँदै उनले ती सडक विस्तारको कामसमेत शुरु भएकामा प्रसन्नता व्यक्त गरे ।

Advertisement

–रमेश लम्साल/रासस

भर्खरको समाचार

अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने

658221545_939344932018858_359187294629822060_n

ओली–लेखकलाई के सजाय हुनसक्छ? खापुङ किन पक्राउ परेनन् ?

656970025_939426805344004_8432959326432520788_n

अमेरिकाविरुद्ध धेरै विकल्पहरू बाँकी रहेको इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

शंखनाद र स्वस्ति बाचनसंगै लिए बालेनले प्रधानमन्त्रीको सपथ

658855684_938633488756669_1735845216725342594_n

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

सम्बन्धित खबरहरु

Scroll to Top