दिनभरका प्रमुख खबरहरु

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(शोकमा बागलुङ)
कूल पूजामा गएको जीप बागलुङको बडिगाडमा दुर्घटना हुदा १४ जनाको मृत्यु / मृतक सवैको सनाखत / दुर्घटनामा घाइते ३ जनालाई हेलिकप्टर मार्फत काठमाण्डौं लगियो ।

२.(मूल्य बढ्यो)
पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि /नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल १ सय ९ र डिजेल तथा मट्टीतेल ९७ रुपैयाँमा कारोवार ।

३.(अनावश्यक वहस)
संसदीय समितिमा संघीय निजामति सेवा सम्बन्धी विधेयक १ वर्षदेखि छलफलमा / अनावश्यक बहसका कारण बैठक ठोस सहमति बिना स्थगित ।

४.(न्यायाधिस सिफारिस)
न्यायपरिषद्द्वारा सात जिल्ला अदालतमा नयाँ न्यायाधीश सिफारिस /पाँच जना न्यायाधीशको सरूवा /आज बसेको बैठकले खाली रहेको सर्वोच्च अदालतको न्यायाधीश भने सिफारिस गर्न सकेन ।

५.(खोई अनुगमन ?)
बजार अनुगमन प्रभावकारी नहुँदा उपभोग्य वस्तुहरुको गुणस्तरमा कमि आएको र मूल्यवृद्धि अत्याधिक भएको उपभोक्ता अधिकारकर्मीहरुको भनाई /अत्यावश्यक वस्तुहरुको गुणस्तर र मूल्यमा अनुगमन आवश्यक रहेको उल्लेख ।

६.(क्षमताको कदर गर)
फरक क्षमता भएका व्यक्तिहरुलाई संविधानले दिएको अधिकारको कार्यान्वयनमा ध्यान दिनुपर्ने उपराष्ट्रपति नन्दबहादुर पुनको भनाई /नेपालले सबैप्रकारका अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न प्रयासहरु गरेको उल्लेख ।

७.(बेथिति हट्ला त ?)
अब स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथिति अन्त्य गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको भनाई /डाक्टरले गर्ने १० देखि ५ बजेसम्मको ड्यिुटीको परिपाटी रहेकाले त्यसलाई हटाउन सुझाव ।

८.(स्थानीयलाई सुनिदेउ)
निर्धारित समय अगावै सुरुङ्ग निर्माण गरेर चर्चा कमाएको भेरीबबई डाइभर्सन आयोजना क्षेत्रका स्थानीय तहको मुआब्जा वितरणमा असहमति /आफ्ना मागलाई बेवास्ता गरे निर्माणमा अवरोध गर्ने चेतावनी ।

९.(टिपर आंतक)
मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट ४ बर्षिया नाबालिकाको घटनास्थलमै मृत्यु /टिपर र टिपर चालक मोरङको रतुवामाईका आशिष कठेत प्रहरी नियन्त्रणमा ।

१०.(धर्मको ब्याख्या)
अज्ञानता र अन्धविश्वासको कारण विकासोन्मुख देशहरुमा धर्मको नाउँमा नारीशोषण, भेदभाव, दमन तथा पितृसतात्मक व्यवहार हुने गरेको धार्मिक अगुवाहरुको भनाई /धर्मको गलत व्याख्याका कारण महिलामाथि विभेद हुने गरेको उल्लेख ।

११.(हजारांैको बली)
बाराको गढीमाई पञ्चवर्षिय मेलामा बलि दिन सुरु / मूल समारोह समितिका अनुसार भक्तजनले भाकल गरेकामध्ये करिव ११ हजार राँगा बलिका लागि समितिमा दर्ता ।

१२.(कामदारको माग)
गएको दुई महिनामा मलेसियाबाट ३१ हजार २०१ नेपाली कामदारको माग / मलेसियाको औद्यौगिक क्षेत्रबाट सबैभन्दा धेरै१७ हजार १ सय १६ जना कामदारका लागि दूतवासद्वारा मागपत्र प्रमाणीकरण ।

१३.(स्वर्णको वर्षा)
१३ औं (साग) अन्तर्गत तेक्वान्दोमा पुरुष ६८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका वीरबहादुर महराले स्वर्ण जितेसंगैनेपालको स्वर्ण संख्या २३ पुग्यो /यो सँगै नेपालको १३औं सागमा आएर स्वर्ण संख्या एक सय २ पुग्यो ।

१४.(क्रिकेटमा हार)
दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष क्रिकेटमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित / पुरुष फुटबल तर्फ नेपालद्वारा भुटानमाथि ४–० गोल अन्तरको शानदार जित दर्ता ।

र,
१५.(फिलिपिन्समा आँधी)
मध्य फिलिसिन्समा आएको कमुरी आँधीका कारण २ लाख भन्दाबढीको जनजीवन प्रभावित /हजारौं सर्वसाधारणलाई अन्यत्र स्थानान्तरण /विमानस्थललगायत सार्वजनिक यातायात, विद्यालय तथा सार्वजनिक र सरकारी संस्थानहरु बन्द ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top