चिकित्सा शिक्षा एमबिबिएसलगायतका विद्यार्थीले प्रवेशपत्र जलाउँदै गरे परीक्षा बहिस्कार

१८ मंसिर, चितवन । आन्दोलनरत् चिकित्सा शिक्षा एमबिबिएसलगायतका विद्यार्थीले परीक्षा बहिस्कार गरेका छन् ।

आजदेखि सुरू हुने भनिएको बिडिएस, नर्सिङलगायत आठ संकायका परीक्षार्थीले परीक्षा बहिस्कार गरेका हुन् । बिहीबारदेखि भने एमबिबिएस पहिलो वर्षको परीक्षा तय भएको थियो ।

युनिभर्सल मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज र जानकी मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिस्कार गरेका हुन् ।

Advertisement

आन्दोलनरत् विद्यार्थीमध्ये चितवन मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिस्कार गरेको जनाउँदै बुधबार प्रवेश पत्र जलाएका छन् । चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा चितवनमा विद्यार्थीले प्रवेश पत्र जलाएका हुन् ।

एमबिबिएस पहिलो र दोस्रो वर्षमा उठाइएको गैरकानुनी शुल्क फिर्ता गर्ने सहमति मंसिर १० गते भएको थियो। शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच भएको उक्त सहमति ‘अमूर्त’ रहेको भन्दै विद्यार्थीले त्यसलाई अस्वीकार गरेका छन्।

Advertisement

शुल्क समायोजन गरिने भनिए पनि एमबिबिएस तेस्रो र चौथो वर्षमा उठाइएको गैरकानुनी शुल्कबारे केही नबोलिएको, कुन शीर्षकमा उठाइएको कति शुल्क फिर्ता गर्ने सहमति भएको उल्लेख नभएको भन्दै विद्यार्थीले अस्वीकार गरिरहेका छन्। चिकित्सा शिक्षाका आठै संकायमा उठाइएको शुल्क फिर्ता गर्नुपर्ने माग विद्यार्थीको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top