इटहरी, फागुन २२
जिल्ला समन्वय समिति सुनसरीको आयोजनामा सुनसरीको इटहरीमा शिक्षासम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपाल र जिल्ला शिक्षा कार्यालयको सहयोगमा कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा प्रदेश सांसद राजिव कोइरालाले शिक्षा क्षेत्रको सम्पूर्ण जिम्मेवारी स्थानीय तहको काँधमा आएकाले ठोस नीति बनाउन सबैले ध्यान दिनुपर्ने जोड दिए ।
कार्यक्रममा शिक्षा मन्त्रालयका प्रतिनिधि पदम विष्टले शिक्षा क्षेत्रलाई बढी जिम्मेवार र स्थानीय तहले पूर्ण स्वामित्व ग्रहण गर्दै प्रभावकारी शिक्षण सिकाई कार्यलाई उच्च प्रविधि एवम प्रतिफलमुखी तुल्याउन अब स्थानीय तहले बढी नै सचेत भएर काम गर्ने बेला आएको बताए ।
कार्यशालामा जिल्ला समन्वय समिति सुनसरीका संयोजक गोपालराज भण्डारी, प्लान नेपालका प्रेम अर्याल, लिल्ला शिक्षा कार्यालयका उपसचिव दुर्गाप्रसाद खतिवडाले जिल्लाको शिक्षा अवस्था र भौतिक पूर्वाधारलगायतका विषयमा मन्तव्य व्यक्त गरेका थिए ।