मनाङ मस्र्याङदी तेस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा

२२ फागुन ७४, मंगलबार
Share this
759shares

झापा, फागुन २२
टाइब्रेकरमा जित निकाल्दै मनाङ मनाङ मस्र्याङदी क्लब तेस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मनाङले टाइब्रेकरमा सहारा क्लब पोखरालाई ४—३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

Advertisement

राष्ट्रिय खेलाडीले भरिएको मनाङले जितका लागि टाइब्रेकरको सहयोग लिनुपरेको थियो । टाइब्रेकरमा सहारा पोखराका भिषण गुरुङको प्रहार बाहिरिएको थियो भने टीम कप्तान समेत रहेका मानबहादुर तामाङको प्रहार मनाङका गोलरक्षक दिनेश थापामगरले बचाएका थिए ।

मनाङका तर्फबाट सुजल श्रेष्ठ, बिमल बस्नेत, अन्जन बिष्ट, डोना थापाको प्रहारले जाली चुमेको थियो । पोखराका बिजय श्रेष्ठ, रन्दिप पौडेल र बिशव अधिकारीले मात्र गोल गर्न सकेका थिए ।

Advertisement

खेल अवधिभर मनाङ मस्र्याङदी क्लबले बललाई आफ्नो पकडमा राख्न सफल भएपनि गोल गर्ने अवसर भने खेर फ्यालेको थियो । खेलको म्यान अफ द म्याच मनाङका अन्जन बिष्ट घोषित भए ।

उनले नगद २५ हजार रुपैंया पुरस्कार पाएका थिए । भोलिको क्वाटरफाइनल खेल आयोजक रमपम झापा ११ र सिक्किम युनाइटेड बीच हुने आयोजक समितिले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top