गरे के हुँदैन ? नर्सरी व्यवसायबाटै छोरा बंगलादेशमा एमबिबिएस पढ्दै, छोरीलाई गुणस्तरीय शिक्षा

किशोर विश्वकर्मा
विराटनगर, फागुन २३
मेहनेत गर्ने हो भने न त ठुलो ठाउँ चाहिन्छ न त धेरै सम्पती । आफुसँग भएको सम्पतीको उचित व्यवस्थापन गरी मिहिनेत गर्ने हो भने जो कोही पनि सफल व्यवसायी र उद्यमी बन्न सक्छन् । त्यसको उदाहारण विराटनगर बजारमा बसेर फलफुलका विरुवाहरुको व्यवसाय गर्नेहरुले प्रदर्शन गरेका छन् । उनीहरु व्यवसायमा सफल मात्र भएका छैनन् प्रशस्त आय आर्जन गरी आनन्दको जिन्दगी बाँचीरहेका छन् ।

हामीलाई लाग्छ कृषिमा आधारीत व्यवसायका लागी प्रसस्त जमिन चाहिन्छ र लगानि पनि त्यतिकै मात्रामा चाहिन्छ । यो सोचाइले व्यवसायीक रुपमा मानिसको जिन्दगिमा आवरोध मात्र सृजना गर्दछ । कुशल व्यवस्थापन गर्न सके सानै ठाउँ र थोरै पुजी लगानी गरि मनग्य धन लाभ गर्न सकिन्छ । यो व्यवासायबाट पनि प्रसस्त आय आर्जन गर्न सकिदो रहेछ भन्ने उदाहरण बनेकीछन् । विराटनगर शान्तीचोक निवासी रितादेवि सिंह ।

Advertisement

उनी यसरी सफल भइन्

आफ्ना बाबुले पनि फलफुलको नर्सरी व्यवसाय गरेको र सजिलो पनि भएकाले बाबुबाट प्रेरित भई आज भन्दा करिब डेढ दशक अघि अर्थात वि.सं २०६० सालमा व्यवसायीक रुपमा विराटनगर स्थित न्युरो अस्पताल रोडमा पुष्प वाटिका नामक नर्सरी सञ्चालन गरेकी सिंहले निरन्तर रात दिन केहि नभनिकन मेहनेत र परिश्रम गरि रहीन ।

Advertisement

केवल ५ केजी चामल बोकेर विराटनगर प्रवेश गरेकी उनै सिंहले विभिन्न श्रोत जुटाएर सुरुमा ५० हजार लगानीबाट व्यवसाय सुरु गरेकी सिंहलाई आफु र श्रीमानले मात्र काम गनुपर्दा सुरु सुरुमा अनेकन समस्याको सामना गर्र्नुप¥यो ।

तर भन्छि नि परिश्रमको फल मिठो हुन्छ । उनले निरन्तर परिश्रम गरिरहिन र फलपनि मिठै पाईन् । उनको आर्थिक स्तरमा निकै परिवर्तन आयो । मोरङको सिसवनि जहदामा पुख्र्यौली घर भएकी सिंहले नर्सरी व्यवसायबाटै अहिले विराटनगर महानगरपालीका जस्तो जग्गाको मोल आकासिएको ठाउँमा आफ्नै घर समेत बनाउन सफल भएकी छन् ।

सिंहले उत्पादन गरेका फल तथा फुलका विरुवाहरु विराटनगरमा नभई नेपालका धेरै ठाउँबाट खरीद गर्न मानिसहरु आउने गरेका छन् । विभिन्न प्रजातिका फुलका विरुवाहरु यहाँ पाईने गरेको छ । उनले केहि आफै उत्पादन गरेकी छन भने भारतको कलत्ताबाटसमेत विरुवा तथ विउ आयात गर्ने गरेकी छन् । फुलका विरुवाको विक्रिबाट मात्र उनले आहिले मासिक लाखौँ रुपैयाँ आयआर्जन गर्दै आएकी छन् ।

त्यहि आम्दानिबाट उनले आफ्ना १ छोरालाई चिकित्सक अध्यनका लागि एमबिबिएस पढाउन बंगलादेश पठाउन सफल भएकी छन् भने एक छोरी लाई राम्रो विद्यालयमा पढाईरहेकी छन् । त्यति मात्र होईन उनले आफुले सञ्चालन गरेको पुष्पबाटिकामा ४ जनालाई रोजगारीको अवसर समेत दिएकी छन् । उनले आफ्नो पुष्पवाटीकामा रहेका प्रत्येक कामदारलाई खान लाउन दिएर मासिक ७ हजार रुपैयाँका दरले तलब समेत दिएकी छन् ।

बढदो सहरि करणका कारण हाम्रो समाज आधुनितकतामा धकेलिई रहेको छ । आधुनिकता तर्फ हाम्रो समाज दिन प्रतिदिन धकेलिएपनि प्रकृति प्रतिको मोह भने चाहेर पनि कम हुन सक्दो रहेनछ । घर सजावट गर्न सुन्दर र आकर्षक बनाउन घरको आगन कौशि तथा घर वरपर फुल रोपीएको हुन्छ । फलफुलका बोट तथा विरुवा नभएका सायदै कुनै घर होलान ।

सजावटका लागी मात्र होईन पुजा पाठ मा पनि फुल उत्तिकै महत्वपुर्ण मान्छि त्यसैलेपनि फुलका विरुवा प्राय घर घरमा देख्न सकिन्छ । अलिहे यो व्यवसायमा मनग्य आम्दानी गर्ने सम्भावना छ । मुलुकका धेरैजसो युवाहरु वेरोजगारीका कारण भारत लगायत खाडि मुलकहरुमा साहु महाजन सँग ऋण काढेर बैदेशिक रोजगारीका लागी जाने गरेका छन् ।

नेपालमै प्रसस्त आय आर्जन गर्न सकिने भएकाले विदेश जानुपर्ने कारण आफुलाई थाह नभएको व्यवसायी रिता देवी को भनाई छ । नेपालमा दिन प्रतिदिन पुर्व क्षेत्रबाट मात्र सयौँको संख्यामा युवाहरु वैदैशीक रोजगारीमा जाने गरेका छन् । आफु सँग भएको सम्पत्तिको उचित सदुपयोग गर्न नसकेर उनीहरु पैसा कमाउने मनसायले विदेशिएका हुन सक्छन् । साहु महाजन सँग भएको जग्गा जमिन र सम्पत्ति धितो राखेर रिण लिएर युवाहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

विदेशमा गएर पैशा कमाएर ल्याउने सपना बोकेर विदेशिएका युवाहरुले निकै कष्ट भोगेको अनगीन्ति उदाहरण छन् । नेपालमै परीश्रम गरेर मनग्गे आर्थिकोपार्जन गर्न नसकिने होईन मेहनेत र परिश्रम गरे नेपालमै प्रसस्त आम्दानी गर्न सकिन्छ । त्यसैले विदेशीनु भन्दा नेपालमै आफ्नै सम्पत्तिको उचित व्यवस्थपन गरी रितादेविले जस्तै व्यवसाय गरि सफल उद्यमि बन्ने पो हो कि ????

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top