स्काउट फ्रेण्डशीपमा फुड फेस्टिवल र म्याराथुन दौड

२२ फागुन ७४, बुधबार

विराटनगर, फागुन २३
विराटनगर स्थित कोशी विद्या मन्दिरले स्काउट फ्रेन्डसीप क्याम्पको अवसरमा फुड फेस्टिवल तथा म्याराथुन दौड आयोजना गरेको छ । बुधबार स्कूल परिसरमा आयोजित फुड फेस्टिवल तथा सस्कृतिक कार्यक्रममा उक्त विद्यालयमा अध्यनरत विद्यार्थीहरुको सहभागिता थियो ।

Advertisement

फुड फेस्टिवलमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरु भहभागि रहेको थियो । फेस्टिवलमा १२ स्टल राखिएका थिए । फुड स्टलमा विद्यार्थी आफैले बनाएका विभिन्न परिकारहरु राखिएको थियो ।

सोही अबसरमा बिद्यालयले आयोजना गरेको साढे १ किलोमिटर म्याराथुन दौडमा छात्रतर्फ कक्षा ९का रिजन पोखरेल प्रथम भएका छन् भने कक्षा ९ का छविनव वर्मा दोस्रो तथा कक्षा ७ का यूवराज सिंह तेस्रो भए ।

Advertisement

त्यस्तै छात्रातर्फ कक्षा ७ की प्रियंका कर्ण पहिलो, रिचा निधी दोस्रो तथा कक्षा ८ की एलिसा यादव तेस्रो भएको प्रिन्सिपल धिजनबाबु काफ्लेले जानकारी दिनुभयो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top