×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

विराटमाथि फेरी लाग्यो लापरबाहीले मान्छे मारेको आरोप (भिडियोसहित)

२२ मंसिर २०७६

२२ मंसिर, विराटनगर ।
उपचारमा गएका विरामीको मृत्युपछि बारम्बार विवादमा तानिरहने विराटनगरको विराट नर्सिङ होम अर्थात विराट अस्पतालमा फेरी एक विरामीको मृत्यु भएको छ । आफन्तले चिकित्सकको चरम लापरवाहीले गर्दा विरामीको मृत्यु भएको बताएका छन् । अस्पतालको लापरबाहीले विरामीको मृत्यु भएको भन्दै आईतबार विरामीका आफन्तले अस्पताल परिसरमा प्रर्दशन गरेका छन् ।

अस्पतालमा तनावको स्थिती सिर्जना हुन थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । शनिबार इनरुवामा भएको सडक दुर्घटनामा परी सामान्य घाईते भएका सन्तोष गुप्ताको लापरबाहीकै कारण मृत्यु भएको भन्दै आफन्त आक्रोशित बनेका हुन् । शनिबार करिब साढे १२ बजे दुर्घटनामा परेर सामान्य घाईते भएका गुप्ताको अस्पतालको लापरबाहीको कारण नै मृत्यु भएको आफन्तको भनाई छ । दुर्घटना गराउने गाडी धनी र अस्पतालको मिलेमतोमा बिरामी लाई जानी जानी लापरबाही गरेर मारेको आफन्त गोपाल गुप्ताले बताए ।

 

दुर्घटनापछि इनरुवा अस्पतालमा भर्ना गरिएका गुप्तालाई करिब साढे १ बजे रेफर पेपर विनै विराट नर्सिङ होममा भर्ना गरिएको र बेलुका ५ बजे मृत्यु भएको जानकारी दिएर फेरी आईसियुमा राखिएको आफन्तले बताएका छन् । विरामीको अवस्थाको विषयमा अस्पतालमा बुझ्दा इमरजेन्सी वार्ड, काउन्टर तथा आईसियु कक्षबाट सबैको बेग्लाबेग्लै भनाई आएकोले लापरबाहीले मृत्यु भएको आफन्त शिव साहले बताए ।

आफन्तले रेफर पेपर विना भर्ना गर्नुको कारण के हो भनेर जवाफ मागिरहेका छन । उनीहरुले यदि बिरामी सिकिस्त भए आईसियुमा भर्ना नगरी ३÷४ घण्टा इमरजेन्सी वार्डमै राखिनुको कारण पनि माग गरेका छन । बिरामी जाँच गर्ने डाक्टरको नाम, इमरजेन्सी र आईसीयुको औषधी विवरण तथा विरामीको मृत्युको कारणहरुको विवरण अस्तपालले तुरुन्त दिनुपर्ने उनीहरुको भनाई छ । फत्तेपुरबाट विर्तामोड जाँदै गरेको ना ५ ख ४९८९ नम्बरको बसबाट लड्दा गाडीको सहचालक रहेका गुप्ता घाईते भएका थिए । दुर्घटना गराउने गाडी पनि गाडीधनीले छुटाएर लगिसकेको बताईएको छ । रेफर पेपरविना भर्ना गरिएको अस्पतालको इमरेजेन्सी वार्डका एक डक्टरले स्वीकार गरेका छन । उनले रिफर पेपर भन्दा ठूलो विरामीको ज्यान बचाउनु रहेको बताएका छन् । पहिले प्रयोग गरिएको औषधीबारे आफूलाई थाहा नभई किन औषधी चलाएको भन्ने प्रश्नमा उनी बोल्न नखोजी पन्छिएका छन् ।

अस्पताल प्रशासनको धारणा सार्वजनिक हुनुपर्र्ने भन्दै प्रशासनमा कुरा गर्न खोज्दा कर्मचारीले विरामीका आफन्तलाई भेट्न नै नदिएको आफन्तको भनाइ छ । यसविषयमा अस्पताल प्रशासनको धारणा माग्दा आफूहरुलाई पनि थाह नभएको र उपचारमा सम्लग्न चिकित्सकसँग बुझ्नु पर्ने प्रतिक्रिया दिएका छन । विराट नर्सिङ होम विरामीको उपचारका क्रममा मृत्युभएपछि पटक पटक विवादमा परिरहने अस्पताल मध्येको एक अस्पताल हो । अघिल्लो महिना पनि उपचारका क्रममा विरामीको मृत्युभएपछि अस्पताल तनावग्रस्त भएको थियो । विराटमा उपचारमा जाने विरामीको उपचारका क्रममा मृत्युपछि तिनका आफन्तले लापरवाही भएको भन्दै अस्पतालमाथि पटक पटक प्रश्न उठाउदै आएका छन् ।

 

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top