न्यूजील्यान्डमा ज्वालामुखी विस्फोट : कैयौँ मानिस घाइते

२२ मंसिर ७६, सोमबार

एजेन्सी, मंसिर २३
न्यूजील्यान्डमा ज्वालामुखी विस्फोट हुँदा झन्डै २० जना मानिस घाइते भएका छन् । सोमबार स्थानीय समय अनुसार दिउँसो २ः११ बजे भएको ज्वालामुखिमा परी केही सम्पर्कविहीन भएका छन् ।

देशको उत्तरपूर्वी भेगको ह्वकारी पनि भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट भएको हो। उद्धारकर्मीहरूका अनुसार घाइतेमध्ये केही गम्भीर अवस्थामा छन्। घाइतेहरूको शरीर पोलेको छ।

न्यूजील्यान्डको क्रूज असोसिएशनका अनुसार एउटा पर्यटक बोकेको डुङ्गा पनि प्रभावित भएको छ। उद्धारकार्यका लागि नजिकैको ह्वकाताने नगरमा उद्धारकर्मीहरू परिचालित गरिएको छ। विस्फोट भएको समयमा उक्त ह्वाईट आईल्यान्डमा दर्जनौँ मानिसहरू रहेको बताइएको छ।

Advertisement

सन् २००१ यता त्यहाँ भएको यो पहिलो ज्वालामुखी विस्फोट हो। उद्धार निकायले वरपरको क्षेत्र जोखिमपूर्ण भएको जनाएको छ। विस्फोटपछि सो क्षेत्रमा च्याउजस्तो आकारमा विशाल धूँवाको मुस्लो देखिएको छ ।

लाईभ फीडबाट प्राप्त फोटोमा विस्फोट हुनुभन्दा केही मिनेट अगाडि त्यहाँको क्रेटर देखिन्छ । सक्रिय ज्वालामुखी रहेको भए पनि ह्वाईट आईल्यान्ड पर्यटकीय स्थल हो।

Advertisement

ह्वाईट आईल्यान्डमा विगतमा पनि कैयौँ ज्वालामुखी विस्फोटका घटना भएका छन्। तर मानिसहरू सोही क्षेत्रमा रहेका बेला भने यसअघि विस्फोट भएको थिएन।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top