×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबरहरु

२३ मंसिर २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(अशान्त कोहलपुर)
स्कुले बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुरमा उत्पन्न भएको तनाव अझै साम्य भएन / प्रहरीले प्रर्दशनमाथि दमन गर्दै गोली चलाएको भन्दै सोमबार पनि प्रर्दशन ।

Advertisement
Advertisement

२.(प्रधानमन्त्रीमाथि आक्रोश)
कोहलपुरमा आइतबार स्कुले बालबालिकामाथि भएको प्रहरी ज्यादतीको विरोधमा काठमाडौंमा नेपाल विद्यार्थी संघको प्रदर्शन /स्कूले बालबालिकामाथि प्रहरीले अन्धाधुन्द गोली चलाउँदा समेत सरकार मुखदर्शक बनेको भन्दै प्रधानमन्त्रीको पुत्ला दहन ।

३.(कडा कारवाही होस्)
आर्थिक प्रलोभन देखाएर ललाई फकाई नेपाली बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा अमेरिकी नागरिक जेसन लोएड मूडी पक्राउ /मेमोरियल गेष्ट हाउसबाट पक्राउ परेका अमेरिकी नागरिक बाल यौन दुराचारी रहेको प्रहरीको भनाई ।

४.(माननीयको निर्वाचन)
राष्ट्रिय सभामा रिक्त हुने सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगद्वारा छलफल सुरु /१८ जना सदस्यको लागि पूरानै प्रक्रिया अनुशार सातै प्रदेशमा निर्वाचन गरिने ।

५.(द्रुत मार्गको गति)
काठमाडौं—तराई द्रुतमार्गको करिब २८ दशमलव ९ किलोमिटरको काम शतप्रतिशत भएको नेपाली सेनाको भनाई / अबको ४ वर्षभित्रमा द्रुतमार्ग निर्माणको काम सम्पन्न हुने ।

६.(नेकपाको समीक्षा)
सत्तारुढ दल नेकपाले एक वर्षपछि मंसिर २९ गते स्थायी कमिटी बैठक बोलायो / पार्टीको विधान संशोधन गर्ने सचिवालय बैठकको निर्णय /उपनिर्वाचनको समीक्षा भने अर्को सचिवालय बैठकमा गर्ने ।

७.(कर्मचारीका कुरा)
घटना विशेषलाई लिएर सरुवा तथा बढुवा गर्ने गरी विधेयक ल्याउन नहुने सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको भनाई /विधेयक नहुँदा अहिले पनि १ सय १० पालिकाहरुमा प्रशासकिय प्रमुख नियुक्त गर्न कठिनाई ।

८.(कुरो बाँझियो)
आर्थिक वर्ष आयोगको इतिहासमा सबैभन्दा सफल वर्ष भएको अख्तियारको दाबी / विगतभन्दा यो वर्ष अझ भ्रष्टाचार बढेको भन्दै नेपालको अवस्था चिन्ताजनक रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको दावी ।

९.(केका लागि उजुरी ?)
कृषि समितिमा ३४ वटा उजुरी दर्ता भएकोमा कुनैपनि उजुरीमाथि अहिलेसम्म छलफल नभएको सांसदहरुको भनाई /किसानले मल नपाएको अवस्थाको अनुगमन गरी सम्बन्धीत मन्त्रालयलाई निर्देशन दिन ढिलाई गर्न नहुनेमा जोड ।

१०.(कुरा मात्रै हो कि ?)
भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भएपनि छुट नदिने उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रतिवद्धता /सचेतना अपनाएर भ्रष्टाचारीलाई निरुत्साहन र सदाचारीलाई प्रोत्साहन गर्न सके समृद्धि हासिल हुने जिकिर ।

११.(प्रमाणका लागि)
प्रमाण (दोश्रो संशोधन) विधेयक २०७५ कानून, न्याय तथा मानवअधिकार समितिद्वारा सर्वसम्मतिले पारित / मृत्युकालिन घोषणाको शब्दाबलीलाई अन्तराष्ट्रिय न्यायलयहरुले स्वीकार गरेकाले मृत्युकालिन घोषणा प्रमाणको रुपमा मान्न सकिने ।

१२.(संहिताको संशोधन)
मुलूकी फौजदारी र देवानी संहितामा आवश्यक संशोधन गर्न सरकारलाई मानवअधिकार समितिको सुझाव /नयाँ प्रबन्ध गरिएको कानूनी व्यवस्थाको प्रयोगको सन्र्दभमा जनताले आवाज उठाएकाले संशोधन प्रक्रिया अघि बढाउन आग्रह ।

१३.(नैतिकताको पाठ)
साग महिला फुटबलमा भारतसँगको खेलमा पराजित भएपछि नेपालकी कप्तान निरु थापा र डिफेन्डर मनमाया लिम्बूद्वारा अन्तर्राष्ट्रिय खेलबाट संन्यास/ नैतिकताका आधारमा भन्दै टिम प्रशिक्षक हरि खड्काद्वारा पनि राजीनामा ।

१४.(गौरिकाको किर्तिमान)
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा गौरिका सिंह बनिन् एउटै संस्करणमा चार स्वर्णपदक जित्ने पहिलो नेपाली महिला/ जुडोमा पुनम र भुपेन्द्रले स्वर्ण जितेसँगै नेपालको स्वर्ण संख्या ४९ पुग्यो ।

Advertisement

र,
१५.(कान्छी प्रधानमन्त्री)
फिनल्याण्डको प्रधानमन्त्रीका लागि विश्वकै कान्छी ३४ वर्षिय महिला नेता सन्ना मरिन चयन/ विश्वासलाई पुनर्जिवित गर्न धेरै काम गर्नु पर्ने र त्यसमा आफू दृढ भएर लाग्ने सन्नाको प्रतिबद्धता

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top