काठमाडौँ, २४ फागुन ः नेपाली काँगेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आन्तरिक संरचना तथा नीति निर्माण तहमा महिला सहभागिता वृद्धि गरिने बताए ।
नेपाल महिला संघद्वारा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय, प्रदेश, प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै देश आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको छ भने ।
उनले भने , “संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्न पार्टी प्रतिबद्ध छ, महिला सशक्तीकरण गर्न आर्थिक, सामाजिक पक्षमा ध्यान दिनुपर्छ ।”
कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सभाका महिला सांसदहरु धना खतिवडा, तारादेवी भट्ट, अनिता देवकोटा, मुक्ता कुमारी यादव र सरिता प्रसाई एवं प्रदेशसभाका महिला सांसदलाई सम्मानसमेत गरिएको थियो ।
(रासस)
नीति निर्माण तहमा महिला सहभागिता वृद्धि गरिने ः सभापति देउवा
२३ फागुन ७४, बिहीबार
भर्खरको समाचार
३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी
बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका
अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे
विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?
नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव
बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?
फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट
किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?
निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?