विराटनगर, फागुन २४
आज १०८ औं अन्तराष्ट्रिय नारी दिवश, विराटनगरमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाईको छ । अन्तराष्ट्रिय नारी दिवश मुल समारोेह समितिले विराटनगरमा आज विहान प्रभात फेरीको आयोजना ग¥यो ।
प्रभात फेरीपछि आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै १ नम्वर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले महिलामाथि हेर्ने दृष्टिकोण तथा महिला माथिको विभेद अझैपनि कायम रहेको बताए ।
उनले महिलाहरु संवैधानिक हिसावले महत्वपूर्ण राजनितिक पदमा पुगेपनि समाजमा महिलाहरुलाई हेर्ने दृष्टिकोण भने परिवर्तन हुन नसकेकाले त्यसतर्फ महिलावादी संस्थाहरुको ध्यान केन्द्रित हुनुपर्ने वताए ।
कार्यक्रममा १ नम्वर प्रदेशकी उपसभामुख सरस्वती पोखरेलले महिलाको हक हितकालागि प्रदेश सरकारले निति तथा कार्यक्रममा ल्याउनुपर्ने बताईन् ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले महिलामाथिको विभेद अन्त्यगरी उनीहरुलाई राजनितिक मूलप्रबाहमा ल्याउन माहानगरपालिकाले विभिन्न कार्यक्रम संचालनमा ल्याएको बताए ।
कार्यक्रममा भानुकला केन्द्र विराटनगरकी अध्यक्ष माया पौडेललाई सम्मान गरिएको थियो । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलगायतको सहभागिता रहेको थियो ।