नेपालका साँस्कृतिक सम्पदाको संरक्षणमा भारतको चासो

२६ मंसिर, काठमाडौँ ।
नेपालमा भूकम्पबाट प्रभावित ११ वटा साँस्कृतिक सम्पदाको संरक्षणका लागि भारतले डिजाइन तथा परियोजना व्यवस्थापन सेवा उपलब्ध गराउने भएको छ । भारतीय राजदुतावासले इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (इन्टाच) सँगको सहकार्यमा उक्त सेवा दिने भएको हो ।

सो सम्बन्धि सम्झौतापत्रमा बिहीबार हस्ताक्षर भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रममा भारतीय दुतावासका नियोग उपप्रमुख डा. अजय कुमार तथा इन्टाचका सदस्य सचिव डा. सी टी मिश्राले हस्ताक्षर गरेका छन । उक्त कार्यक्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरीले काठमाडौं, ललितपुर भक्तपुर र सोलुखुम्बुमा रहेका ११ वटा साँस्कृतिक सम्पदाको पुर्ननिर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको बताए ।

साँस्कृतिक सम्पदाको पुर्ननिर्माणका लागि नेपाल सरकारले तयार पारेको निर्देशिका अनुसार नेपाल साँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागसँग मिलेर उक्त संस्थाले काम गर्ने छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top