दिनभरका प्रमुख खबरहरु

२६ मंसिर ७६, शुक्रबार
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(माघ ९ मा निर्वाचन)
राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने /राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २ तथा समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदै ।

२.(हाम्रा चाडपर्व)
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजा आजा एवं दान गरी धान्यपूर्णिमा र किँरात समुदायको उधौली धुमधामसँग मनाइयो/ नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले पनि हर्षोल्लासका साथ योमरी पूर्णिमा मनाए ।

३.(आर्थिक सहयोग)
कञ्चनपुरको महाकाली नगरपालिकामा हात्तीको आक्रमणमा परि मृत्यु भएका र घाइते भएकाको पीडित परिवारलाई नगरपालिकाले आर्थिक सहयोग गर्ने /मृतक परिवारलाई जनही ५० हजार र घाइतेका परिवारलाई २५ हजार सहयोग गर्ने ।

४.(बेपत्ताको खोजी)
दाङको राजपुर निवासी मीना बिकद्वारा बेपत्ता भएका आफ्ना श्रीमानको खोजी र जीवन रक्षा माग गर्दै निवेदन/ प्रतिबन्धित ‘विप्लव’ नेतृत्वको पार्टीमा लागेका श्रीमान वीरबहादुर बिक असोज ३० गतेदेखि सम्पर्कविहीन ।

५.(शक्तिशाली सरकार)
लोकसेवा आयोगका कर्मचारी सरुवा गर्दा सरकारले आयोगको स्वीकृति लिन नपर्ने व्यवस्था /संवैधानिक निकाय सरकारभन्दा माथि हुन नसक्ने भन्दै सरकारका काम–कारबाहीलाई कुनैपनि आयोगले बाधा पार्न नहुनेमा सत्तारुढ दलको जोड ।

६.(कर्मचारीको रिस)
लोकसेवा आयोगले बुधबार खोलेको शाखा अधिकृत तहका कर्मचारीको विज्ञापनको समायोजनमा परेर प्रदेश र स्थानीय तहमा गएका शाखा अधिकृतहरूको विरोध/ सुशासन समितिलाई ध्यानाकर्षण पत्र बुझाउँदै चार बुँदे माग ।

७.(विकासको बाटो)
सुनसरीको बर्जुदेखि भमरी बजारसम्मको १३ दशमलव २ किलोमिटर सडक कालेपत्रे हुने /३३ करोड लागतमा बन्ने सो सडक २ वर्षभित्रमा निमार्ण सम्पन्न गर्ने योजना ।

८.(दूतका कुरा)
भारतसँग सीमा विवाद विषयमा माधवकुमार नेपाललाई विशेषदुत बनाएर छलफल गर्ने विषय आफूले मिडियाबाट मात्र थाहा पाएको सरकार प्रवक्ता गोकुल बाँस्कोटाको भनाई / सीमा विवाद राजनीतिक र कूटनीतिक तवरमा समाधान गरिने ।

९.(छिमेकी धर्म)
नेपालमा भूकम्पबाट प्रभावित ११ वटा साँस्कृतिक सम्पदाको संरक्षणका लागि भारतले डिजाइन तथा परियोजना व्यवस्थापन सेवा उपलब्ध गराउने / भारतीय राजदुतावासले इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (इन्टाच) सँगको सहकार्यमा सेवा दिने ।

१०.(विद्युतको खपत बढाऔं)
नेपालमा उत्पादित विद्युतको खपत बढाउन सबै क्षेत्रलाई विद्युतिकरण गर्नुपर्ने नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको भनाई /क्षेत्रिय रुपमा भारत र बंगलादेशको बजारलाई समेत समेट्न तयारी ।

११.(कालो सूची यथावत)
नेपाल यूरोपेली यूनियनको कालोसूचिबाट बाहिर निस्किन फेरि पनि असफल /यूरोपेली यूनियनको पछिल्लो सूची अनुसार नेपालभित्र दर्ता भएका सबै वायुसेवा अझै ६ महिना युरोपको आकाशमा उड्न नपाउने ।

१२.(बैंकको प्रक्षेपण)
चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ६.४ प्रतिशतले मात्र विस्तार हुने विश्व बैंकको प्रक्षेपण /सरकारी खर्च कमजोर हुदा गुणस्तरीय पूर्वाधार निर्माण नहुदा पुँजी विकासमा धक्का लाग्ने बैंकको चेतावनी ।

१३.(भारतको दादागिरी)
भारतद्वारा अतिक्रमित नेपाली भूमि गुञ्जीमा भारतीय सैनिक हेलिकोप्टरबाट खाद्यान्न ढुवानी / ६ दशकदेखि भारतीय अतिक्रमणमा रहेको नेपाली भूभागमा १ हजार भारतीय नागरिक र सुरक्षाकर्मीको बसोवास ।

१४.(ए डिभिजनको तयारी)
शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गर्ने / उपाधि जित्ने टिमले ५० लाख रुपैयाँ पाउने/ शनिबारदेखि काठमाण्डौमा सुरु हुने लिगमा १४ टिम खेल्ने ।

र,
१५.(नागरिकताको लफडा)
भारतमा नागरिकता संशोधन विधेयक पारित भएपछि विद्येयकविरुद्ध विपक्षी दल लगायत विभिन्न समूहहरु आन्दोलित / विभिन्न शहरमा प्रदर्शनपछि कर्फ्यू /सवारी साधन, हवाई उडान र इन्टरनेट सेवा बन्द ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top