फास्ट ट्रयाकमा २७ हजार ६९ रूख काटिए, रुख रोप्न सेनाद्वारा डेढ लाख विरूवा उत्पादन गरिँदै

२६ मंसिर ७६, शुक्रबार

२७ मंसिर, काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं(तराई(मधेस) द्रुत मार्ग(फास्ट ट्रयाक)मा २७ हजार ६९ रूख काटिएको छ ।

सडक निर्माणका लागि आवश्यक पर्ने रूखहरू काट्ने काम तत्कालका लागि सकिएको सेनाले बताएको छ । सेनाका अनुसार फास्ट ट्रयाक बनाउँदा ३८ हजार ६ सय ६८ रुख काट्नुपर्छ ।

सुरूङ निर्माणलगायतका अन्य कामहरू अरू थप रूख काट्नपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ। सडकको मार्ग्धिकार ’राइट अफ वे’अन्तर्गत तराई क्षेत्रमा सय र पहाडी भेगमा ५० मिटर सम्मको रुख काट्नु पर्ने र त्यही अनुसार वन मन्त्रालयसँग स्वीकृति लिइएको पहाडीले बताए।

सडक निर्माणका क्रममा काटिएको रुखहरू गिडेर सम्बन्धित निकायलाई जिम्मा लगाइएको सेनाले जनाएको छ। वन मन्त्रालयमातहत रहेको रूख काटिएमा जिल्ला वन कार्यालय र सामुदायिक वन मातहतको रूख काटेमा सामुदायिक बनलाई नै काठ बुझाइन्छ ।

सेना र वन कार्यालयको प्रतिनिधि रोहबरमा काठ हस्तान्तरण हुने पहाडीले बताए। वातावरणीय मापदण्डअनुसार एउटा रूख काटेपछि २५ रूख रोप्नुपर्छ।

सेनाले अहिले राजदमार र निजगढ दुई ठाउँमा गरी झन्डै डेढ लाख विरूवा उत्पादन गरिरहेको छ। यसअघि सेनाले कोल्वी नगरपालिकामा ५ हजार विरूवा रोपेको छ।

बिरूवा उत्पादनसँगै रोप्नका लागि उचित ठाउँको समेत खोजी भइरहेको सेनाले जनाएको छ। रूख रोप्न सडक जोडिएका स्थानीय सरकारसँग कुरा भए पनि तर सार्वजनिक जग्गाको कमी देखिएको सेनाको भनाइ छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top