×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिनभरका प्रमुख खबरहरु

२७ मंसिर २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(बाबालाई तीन दिन)
अनुयायीलाई जबरजस्ती करणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीमाथिको अनुसन्धान अन्तिम चरणमा / थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत सुनसरीको अनुमति ।

Advertisement
Advertisement

२.(नक्सा जारी गर्)
संसदीय समितिद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन / कालापानीका नेपालीलाई सहज रुपमा आवातजावत गर्न बाटो र अन्य सेवा सुविधाको उपयुक्त व्यवस्था गर्न पनि निर्देशन ।

३.(पद्माको मन्तब्य)
सरकारले उचित समय हेरेर लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक गर्ने भूमि व्यवस्थामन्त्री पद्मा कुमारी अर्यालको भनाई / नेपालसंग पर्याप्त प्रमाण रहेकाले सबै भूभाग नेपालको हो भन्ने निश्चिन्त भएको ठहर ।

४.(गृहका बहाना)
सीमा सुरक्षा गर्नका लागि सशस्त्र प्रहरीको संख्या प्रर्याप्त नभएको गृह मन्त्री रामबहादुर थापाको भनाई / भारतले मिचेको भूभाग नेपालकै हो भन्नेमा सरकार स्पष्ट रहेको र फेरी भारतबाट फिर्ता लिन सरकारले पहल गरिरहेको दाबी ।

५.(पत्रकारको कर्म)
पत्रपत्रिका वर्गीकरणमा विभेद गरिएको भन्दै आन्दोलनरत पत्रकारहरुद्वारा प्रेस काउन्सिल नेपालमा धर्ना / काउन्सिलका अध्यक्षको कार्यकक्षमा तालाबन्दी / प्रेस काउन्सिलले आचारसंहिताको नाउँमा गरेको खर्च पत्रकारहरुको हितमा नभएको आरोप ।

६.(आक्रमणकारी फन्दामा)
पत्रकार सम्मेलनमा ढिलो आएको भन्दै धरानका पत्रकार सन्तोष काफ्लेलाई कुटपिट गर्ने चार जना प्रहरी नियन्त्रणमा / बचतकर्ताको ५ करोड ६८ लाख रुपैयाँ ठगी गरी भागेका सहकारी अध्यक्ष कृष्ण विक पनि पक्राउ ।

७.(न्यायको आशा)
नेपालको नक्सा, निशान छाप र संविधान संशोधन गरिपाऊ भनी दायर रिट सर्वोच्च अदालतद्वारा अस्वीकार / संयुक्त राष्ट्रमा रहेको डकुमेन्ट झिकाएर नेपालको नाप,नक्सा एकिन गर्न माग ।

८.(वैकल्पिक मार्ग खोज)
नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने / पहिरो रोक्ने कामका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक ।

९.(दल दर्ता आह्वान)
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस ६ गतेसम्म दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान / आगामी माघ ९ गते १८ सिटका लागि राष्ट्रियसभा निर्वाचन हुने ।

१०.(ब्यस्तताले स्थगित)
नेताहरुको कार्यव्यस्तताका कारण शुक्रबार बोलाईएको सत्तारुढ दल नेकपाको सचिवालय बैठक शनिबार दिउँसो बस्ने गरी स्थगित / स्थायी कमिटीको बैठक भने मंसिर २९ गते ११ बजे बस्ने ।

११.(बागमतीको शुद्धिकरण)
काठमाडौंको गुहेश्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटनको तयारी / प्रशोधन केन्द्रबाट बायो ग्याससँगै विद्युत समेत निकाल्ने सरकारको योजना ।

१२.(कार्यान्वयन होस्)
काठमाडौं महानगरपालिकाले २५ औं महानगर दिवसको अवसरमा सडक मानवमुक्त अभियानको घोषणा गर्ने / एक छाक खानाकै लागि सडकमा बसिरहेकाहरुलाई उद्धार गरि सम्मानपूर्वक बाँच्ने वातावरण बनाउने ।

१३.(विजय उत्सव)
नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीहरुलाई नगरपरिक्रमा / सागमा पाएको सफलताले खुसीसँगै चुनौतीहरु पनि थपिएको राखेपका उपाध्यक्ष पिताम्बर तिमल्सिनाको भनाई ।

१४.(ब्यवसायिक बन्दै फुटबल)
शनिबारदेखि सुरु हुने सहिद स्मारक ’ए’ डिभिजन लिगका लागि मच्छिन्द्र क्लबले भित्र्यायो राष्ट्रिय टिममा रहेका ७ जना खेलाडी /खेलाडीको सम्झौताका लागि मच्छिन्द्रले खर्चियो १ करोड ।

Advertisement

र,
१५.(जोनसनको कमाल)
बेलायतको संसदीय निर्वाचनमा सत्तारुढ कन्जरभेर्टिभ पार्टीको स्पष्ट बहुमत / ६५० सदस्यीय संसदमा कन्जरभेटिभद्वारा ३ सय ६४ स्थानमा जित दर्ता / बेलायतलाई ईयूबाट अलग हुने ब्रेग्जिट लागु गर्ने जनादेश मिलेको जोनसनको प्रतिक्रिया ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top