Nepal Times
Nepal Times
3
Shares

हाजरी जवाफ प्रतियोगितामा टाईम्स स्कुल प्रथम

हाजरी जवाफ प्रतियोगितामा टाईम्स स्कुल प्रथम
 अमर पासवान
 सिरहा फागुन २५ गते
जिल्ला स्तरीय हाजरी जवाफ प्रतियोगितामा टाईम्स स्कुल मिर्चैया प्रथम भएको छ । सिरहा युवा संजालको आयोजनामा जिल्ला स्तरीय हाजरी जवाफ प्रतियोगता विहिवार सम्पन्न भएका छन् ।
सिरहाको नरहा गाउपलिकामा स्थित श्री जनता बनवाली उच्च माध्यमिक विद्यालयमा वर्छावा, नरहाको प्रागणमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा बिजेता विद्यालयहरु टाईम्स स्कुल मिर्चैयाका सुमित पुर्वे, जीवन भुजेल र राखी शर्मा प्रथम, श्री जनता बनवाली उच्च माध्यमिक विद्यालय वर्छावाका अमीत यादव, दिपक सिंह र सरीता कुमारी यादव दोस्रो, पोलर स्टार ई.बो. स्कुल मिर्चैयाका असलम राइन, सुदिस महतो र संगिता साह तेश्रो, श्री रामजानकी विद्या मन्दिर मिर्चैयाका विबेक साह, सुशान्त साह र नुर्जा खातुन चौथो, श्री जनता उच्च माध्यमिक विद्यालय चोहर्वाका मो. हेदर अली, बिजय राई र चान्दनी महरा पाँचौ, बेबी एन्जेल एकेडमी लहानका सुदिप यादव, उमा दास र आराधना चौधरी छैठो र जे एम एकेडमी सिरहा सातौ बिजेता सहभागीहरु रहेको आयोजक सिरहा युवा संजालका अधयक्ष नागेश्वर रायले बताएका छन् ।
उक्त प्रतियोगितामा प्रथम हुने विद्यालयका ३ जना छत्रछात्राहरुलाई कक्षा ११ र १२ पढ्नका लागि काठमाडौं स्थित ब्लु बर्ड कलेजमा १०० प्रतिशत छात्रवृत्ति, दोस्रो हुने विद्यालयका ३ जना विद्यार्थीलाई ७० प्रतिशत छात्रवृत्ति, तेश्रो हुने ३ जना विद्यार्थीलाई ६० प्रतिशत छात्रवृत्ति, चौथो भएका ३ जना विद्यार्थीलाई जनकपुर स्थित मोडेल क्याम्पसमा १०० प्रतिशत छात्रवृत्ति, पाँचौ हुने ३ जना विद्यार्थीलाई सिटिईभिटी द्वारा मान्यता प्राप्त गोलबजार स्थित आरडिएस ईन्स्टिच्युटमा १८ महिने कोर्सका लागि ५० प्रतिशत छात्रवृत्ति, त्यस्तै छैठौं हुने ३ विद्यार्थीलाई ३ महिने ब्रीज कोर्सका लागि १०० प्रतिशत छात्रवृत्ति र सातौं हुने ३ जना विद्यार्थीलाई आशिफ कम्प्युटर सेन्टर गोलबजारमा ३ महिने कम्प्युटर कोर्सका लागि १०० प्रतिशत छात्रवृत्ति दिइएको सिरहा युवा संजालका महासचिव सन्तोष यादवले जनाएका छन् ।
प्रतियोगितामा जिल्लाभरीका जम्मा २० वटा विद्यालयको सहभागिता रहेका थिए । सहभागी बिजेता विद्यार्थीहरुलाई सिल्ड, मेडल, तथा प्रमाणपत्र प्रदान गर्दै पर्व संचारमन्त्री तथा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् सिरहा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा सांसद राजकिशोर यादवले युवा संजालको नाममा समाज र विकासका लागि युवा संजालको सहभागिता होस् र चिन्तनको साथ युवा संजाल जुन तरिकाले आयोजना गरेका छन् र समाजका लागी जुन प्रति भावना छन् उक्त भावनालाइ कदर गर्दै आउने दिनका लागी सुभकामना तथा सिरहा युवा संजाललाई धन्यवाद दिएका छन् ।
सिरहा युवा संजालले आगामी दिनहरुमा समेत यस किसिमको प्रतियोगिता र विभिन्न कार्यक्रमको आयोजना गर्ने युवा संजालका अध्यक्ष नागेश्वर रायले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.