६० प्रतिशतसम्म छुट दिने जुत्ता मेला विराटनगरमा सुरु

१ पुस ७६, मंगलबार
Share this
798shares

१ पुस, विराटनगर ।
जुत्ता चप्पल उत्पादन गर्ने विभिन्न कम्पनीहरुको सहकार्यमा ‘स्वदेशी जुत्ता चप्पलको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ विराट फुटवयर एक्स्पो मंगलबारदेखि विराटनगरमा सुरु भएको छ । स्वदेशी जुत्ता चप्पलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाली जुत्ता घर प्रा.लिले आयोजना गरेको जुत्ता चप्पल मेलाको प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियतले उद्घाटन गरे ।

Advertisement

विराटनगर–७ स्थित जैन भवनमा सुरु भएको मेलामा शिखर सुज, वि.एफ डियर हिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक, हाईलाईफु सुज एण्ड स्लिपर ब्राण्डका जुत्ता चप्पलहरु प्रदर्शनी तथा विक्रीका लागि राखिएको छ । कार्यक्रममा मन्त्री कुसियतले नेपाली ब्राण्डका जुत्ता चप्पलहरु विदेशमा निर्यात हुनु उपलब्धीमुलक भएको बताउँदै उपभोक्ताहरुले स्वदेशी उत्पादनलाई माया गर्नुपर्ने बताए । उनले स्वदेशी उद्योगहरुलाई बढावा दिन प्रदेश सरकार तयार रहेको पनि बताए ।

Advertisement

 

त्यस्तै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने निती ल्याउने तयारी भईरहेको बताए । नेपाली ब्राण्डहरु पनि अति उत्कृष्ट भएको बताउँदै उनले उपभोक्ताहरुले स्वदेशी उत्पादन कमसल हुन्छन् भन्ने मानसिकताबाट माथि उठ्नुपर्ने बताए । मेयर पराजुलीले विराटनगरमा व्यापारिक प्रदर्शनीस्थल बनाउने तयारी गरिरहेको पनि जानकारी दिए ।

Advertisement

नेपाली जुत्ता उपभोक्ताहरुको पहुँचसम्म पुर्याउन नेपाली जुत्ता चप्पल उद्योगको बारेमा जानकारी गराउने तथा उत्पादन गुणस्तरको बारेमा उपभोक्तालाई जानकारी गराउ मेला आयोजना गरिएको आयोजकले जनाएको छ । १५ दिनसम्म चल्लने मेलामा ३ हजार भन्दा बढी मोडलका जुत्ता चप्पल एकै ठाउँमा हेर्न र खरिद गर्न सकिने छ । मेलामा एक सय रुपैयाको चप्पलदेखि १० हजार रुपैँयासम्मको जुत्ताहरु राखिएको छ । मेला संयोजक तथा नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले पछिल्लो समय नेपाली ब्राण्डका जुत्ता चप्पलको लोकप्रियता बढ्दै गएको बताए ।

कार्यक्रममा उद्योगी व्यापारीहरुले व्यापार घाटा बढ्दै गईरहेको बताउँदै सरकारको ध्यानाकर्षण गराएका थिए । मेलामा जुत्ता चप्पलको खरिदमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यबस्था गरिएको उपाध्यायले बताए । ५० हजार जोर जुत्ता कारोबार गर्ने लक्ष्य राखिएको सो मेलामा १ लाख पचास हजारले अवलोकन गर्ने र १ करोड ५० लाख रुपैंयाको कारोबार हुने आयोजकको अपेक्षा छ । नेपाली जुत्ता घरले पछिल्लो तीन वर्षदेखि विराटनगरमा जुत्ता चप्पल मेलाको आयोजना गर्दै आईरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top