१ पुस, काठमाडौँ ।
प्रदेश नम्बर दुईका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालले धनशक्ति र जनशक्तिको अभावमा पनि विकासका कामहरुलाई गति दिएको बताएका छन् । मंगलबार रिपोर्टस क्लबमा पत्रकारहरुसँगको साक्षात्कारमा बोल्दै मन्त्री सोनालले सिमित स्रोत र साधानको बावजुदपनि विकास निर्माणको कामलाई तिब्रता दिएको बताएका हुन् ।
उनले न्यून बजेट हुँदा पूर्वाधार विकासमा अवरोध भएको भन्दै संघीय सरकारलाई बजेट बढाउन आग्रह गरे । उनले प्रदेश २ मा ५ हजार कर्मचारीको आवश्यकता भएपनि संघीय सरकारले २ हजार कर्मचारी मात्र पठाएकोले जनशक्ति अभावमा कार्यक्रमहरु प्रभावित भएको बताए । उन प्रदेश २ को मुख्य चुनौति नै सिमित स्रोत साधन र बजेट रहेको बताए ।
उनले प्रदेश २ मा कृषि, धार्मिक पर्यटन, सडक पूर्वाधारको विकास, शिक्षा र स्वास्थ्यमा व्यापक सुधार गरे मात्रै मानविय विकासलाई माथि पु¥याउन सकिने बताए ।