६ पुस, एजेन्सी ।
पाकिस्तानमा विश्वविद्यालयका एकजना शिक्षकलाई ईश्वरको निन्दा गरेको भन्दै मृत्युदण्ड सजाय सुनाइएको छ।
जुनैद हफिजलाई पैगम्बर मोहम्मदबारे सामाजिक सञ्जालमा अनादरपूर्ण कुराहरू लेखेको आरोपमा सन् २०१३ को मार्च महिनामा पक्राउ गरिएको थियो।
अमेरिकी साहित्य, फोटोग्राफी र नाटकमा विज्ञता हासिल गरेका ३३ वर्षीय हफिजले फूलब्राइट छात्रवृत्ति अन्तर्गत अमेरिकामा स्नातकोत्तरको पढेका थिए।
हफिजका वकिलले फैसलालाई दुर्भाग्यपूर्णु भन्दै त्यसविरूद्ध पुनरावेदन दिने समाचार संस्था एएफपीलाई बताएका छन्।
