गाउँपालिकाका अध्यक्ष र श्रीमती अपहरणमा

५ पुस ७६, आइतबार

६ पुस, दैलेख ।
दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला शाही अपहरणमा परेका छन् ।

Advertisement

उनीहरुलाई विप्वल नेतृत्वको नेकपा समूहले शनिबार राति वडा नम्बर २ को सेरीपाटामा रहेको घरबाट अपहरण गरेको प्रहरीले आशंका गरेको छ । पक्राउ परेकी शाही पत्नी इला त्यही ठाउँको कृष्ण मावि लकान्द्रकी प्रधानाध्यापक हुन् ।

राति साढे १२ बजेतिर १५ जनाभन्दा बढीको समूहमा हतियारसहित आएका समूहले गाउँपालिका अध्यक्ष र इलालाई अपहरण गरेको प्रहरीले जनाएको छ ।

Advertisement

त्यसअघि विप्लव नेतृत्वको नेकपाले गाउँपालिका अध्यक्षका भाइ शिक्षक हस्तबहादुर शाहीलाई पनि एक घण्टा टाढा रहेको भाँटीचौर पुर्‍याएर छोडेका थिए ।

अध्यक्ष दम्पतीको अपहरण भएको भन्नेबारे जानकारी आएको र उद्धारको लागि सुरक्षा रणनीति बनाइएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

Advertisement

प्राप्त सूचनाअनुसार अपहरणपछि अध्यक्ष दम्पतीलाई विप्लव समूहले बिसला हुँदै कालिकोटको शुभकालिका गाउँपालिकाको भर्ता पुर्‍याएको छ । विप्लव समूहले कालिकोटलाई ‘आधार इलाका’ भन्ने गरेको छ ।

गाउँपालिकाको बजेट दुरुपयोगमा अध्यक्ष दम्पतीकै संलग्नता रहेकोले सचेत गराउन मात्र अपहरण गरेको नेकपा समूहको दाबी छ ।

विप्लव समूहले गएको वर्ष नै दैलेखका सबै स्थानीय तहका जनप्रतिनिधिहरुलाई राजीनामा दिन पत्र लेखेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top