×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(समावेशीताको आवाज)
प्रदेश १ को मन्त्रिपरिषदमा महिला र दलितको समावेशीता नभएको भन्दै प्रदेशसभा सदस्य, महिला र दलित अधिकारकर्मीद्वारा ध्यानाकर्षण / सरकारले पूर्णता नपाउँदा भूमि व्यवस्था, कृषि तथा सहकारी र भौतिक पूर्वाधार मन्त्रालय नेतृत्वविहीन ।

Advertisement
Advertisement

२.(ट्वीटरले बबण्डर)
प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट भारतको कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीको नागरिकता कानुनविरूद्ध बोलेको भिडिओ रिट्वीट भएको विषयमा अनुसन्धान जारी / भिडिओ रिट्वीट भएको विषयमा अनुसन्धान गर्न ब्युरोले टेक्निकल टिमलाई खटाइयो ।

३.(मिलेनियमको विवाद)
नेपालमा लगानी वृद्धि एवं आर्थिक विकासमा तीब्रता ल्याउने उद्देश्यसहित सरकारले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशनसँग गरेको सम्भmौता विवादित बन्दै / संसदको हिउँदे अधिवेशनबाटै सम्झौता अनुमोदन गर्न सरकारलाई आग्रह ।

४.(नेकपाको निर्णय)
नेपाली भूमि समेटेर भारतले जारी गरेको नक्सा अस्वीकार गर्ने सत्तारुढ दल नेकपाको निर्णय / एमसीसी परियोजनाका सन्दर्भमा इण्डो प्यासिफिक रणनीति अन्तर्गत होइन भन्ने कुरा अमेरिकालाई स्पष्ट पार्न अनुरोध गरिने ।

५.(लेखापरीक्षकलाई फटकार)
मुल्य मान्यता भन्दा बाहिर गएर नक्कली कम्पनीहरुको लेखापरीक्षण नगर्न लेखा परीक्षकहरुलाई अर्थमन्त्री डा. युवराज खतिवडाको आग्रह / नक्कली कम्पनी खडा गरी ठगी गर्नेहरुको संख्या बढिरहेको चेतावनी ।

६.(जनप्रतिनिधीको अपहरण)
दैलेखको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमा / अपहरण नेत्रविक्रम चन्द समूहले गरेको अनुमान / शाहीसँगै अपहरणमा परेका भाई र श्रीमती भने रिहा ।

७.(भ्रष्टाचारको कारक)
लेखापरीक्षकहरुका कारण भ्रष्टाचार बढ्दै गएको अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको भनाई / लेखापरीक्षकहरुले आर्थिक अनियमिततालाई मिलाउने काम गर्दा भ्रष्टाचार र ठगी बढ्दै गएको उल्लेख ।

८.(ज्यान मुद्दामा अध्यक्ष)
सवारी ज्यान मुद्दामा सजाय पाएर फरार रहँदै आएका बाराको विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल राउत पक्राउ / पक्राउ परेका राउत २९ दिन कैद र दुई हजार रुपैयाँ जरिवानासहित कारागार चलान ।

९.(लागूऔषधको ट्रान्जिट)
६ केजी कोकिनसहित बेलारुस र बोलेभियाका चारजना विदेशी नागरिक काठमाडौबाट पक्राउ / कमजोर विमानस्थल सुरक्षा भएका देशहरुको बाटो हुँदै नेपाल भित्र्याउने र अन्य मुलुकमा तस्करी गर्ने ट्रेण्ड देखिएको प्रहरीको भनाई ।

१०.(विप्लवलाई झड्का)
वैदेशिक रोजगार ब्यवसायी रोहन गुरुङको घरमा बम विस्फोट गराएको आरोपमा विप्लव समूहका ५ जना केन्द्रीय स्तरका नेता पक्राउ /पक्राउ पर्नेमा सञ्जीव लामा, तिलकबहादुर गुरुङ, वकिल घर्तीमगर, त्रिलोचन विक र दुर्खाबहादुर तामाङ ।

११.(हतियार भण्डार)
सुनसरीको बराहक्षेत्र नगरपालिका ५ स्थित एकता टोलबाट अत्याधुनिक हतियार एस.एल.आरसहित ९ हजार बढी गोली बरामद / हतियार तत्कालीन माओवादीले सेना समायोजनका बेला लुकाएर राखेको हुनसक्ने प्रहरीको अनुमान ।

१२.(पर्यटन प्रचार)
नेपालको शैक्षिक क्षेत्र पनि पर्यटन विकासका लागि महत्वपूर्ण भएको पर्यटनमन्त्री योगेश भट्टराईको भनाई / पर्यटन वर्ष २०२० को उद्घाटनमा उत्साहजनक सहभागिता जनाउन शैक्षिक संगठनहरुलाई आग्रह ।

१३.(विकासमा अंकुश)
निजगढ अन्तर्रा्िष्ट्रय विमानस्थल निर्माण विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेश जारी / अन्तरिम आदेशलाई निरन्तरता दिएपछि विमानस्थल निर्माणमा अन्योलता ।

१४.(अन्तिममा विराटनगर)
पोखरा प्रिमियर लिगमा विराटनगरलाई १८ रनले हराउँदै साविक उपविजेता चितवन राइनोज एक खेल अगाडि नै प्लेअफमा / बुटवल ब्लास्टर्स धनगढी एक्स्पर्टलाई ७ विकेटले पराजित गर्दै प्ले अफमा ।

Advertisement

र,
१५.(उग्रबन्दै प्रदर्शन)
भारतीय नागरिकता संशोधन विधयेकविरुद्ध जारी प्रदर्शनमा अहिलेसम्म २३ जनाको मृत्यु /सयौं घाइते तथा पक्राउ / भारतीय राज्य उत्तरप्रदेशका प्रदर्शनहरु बढी हिंसात्मक बन्दै ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top