सुनसरी भरौलमा हतियार भण्डार फेला : अत्याधुनिक हतियार र १० हजार गोली बरामद

६ पुस, सुनसरी ।
सुनसरीको बराहक्षेत्र–५ भरौलबाट द्वन्दकालमा माओवादी लडाकुले लुकाएर राखेको हतियार र गोली नेपाली सेनाले बरामद गरेको छ । सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका–५ एकताटोलस्थित खेम प्रधानको कुखुरा फार्मबाट (सबमेसिन गन), त्यसमा प्रयोग हुने गोली र एक बोरा विस्फोटक पदार्थ फेला पारेको हो ।

फार्मको जग मुनि लुकाएर राखेको अवस्थामा आइतबार एसएमजी र त्यसमा प्रयोग हुने गोली ९ हजार ९ सय ८२ थान फेला परेको सुनसरीका प्रहरी उपरिक्षक (एसपी) यज्ञविनोद पोखरेलले जानकारी दिए । गोप्य सूचनाको आधारमा प्रधानको कुखुरा फार्म खानतलासी गर्दा एसएमजी, गोली र विस्फोटक पदार्थ फेला परेको उनले बताए । हतियार र गोली पहिला नै गाडेर राखिएको जस्तो देखिएका एसपी पोखरेलले बताए। अहिले अत्याधुनिक हतियार, गोली र विस्फोटक पदार्थ बरामद भएको स्थल आसपास सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।

धरान उपमहानगरपालिकासँग सिमाना जोडिएको बराहक्षेत्र–५ साविक भरौल गाविसमा पर्दछ । कुखुरा फार्म संचालक प्रधान द्वन्द्वकालमा माओवादीका कार्यकर्ता रहेको गाउँलेहरुले बताएका छन । प्रहरीले ती हतियार कसले र कहिले लुकाएको भन्ने प्रष्ट पारेको छैन । कुखुराको खोरमुनी २० लिटरको प्लाष्टिकको ड्रममा प्याक गरेर राखिएको अवस्थामा गोलीहरु बरामद भएका थिए ।

हतियार तथा विष्फोटक पदार्थ बरामद भएपनि अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन । जग्गाधनी खेम प्रधान सशस्त्र द्वन्दकालमा माओवादी कार्यकर्ता थिए । उनी अहिले राजनीतिमा निष्कृय छन् । प्रधान शान्ति प्रकृयाको केही समय राजनीतिमा सकृय भएपनि पछिल्लो समय निष्कृय जस्तै रहेको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले बताउनुभयो । प्रधान २०६७ सालमा घरैमा कुखुरा फारम खोलेर त्यसमै व्यस्त थिए । तर पछिल्लो समय उक्त खोरमा कुखुरा नहाली खालि राखिएको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top