विराटनगरमा जारी जुत्ता मेलामा ग्राहकको घुँइचो ,तपाई छुट्नु होला है

६ पुस ७६, सोमबार

१ पुस, विराटनगर ।
विराटनगरमा जारी जुत्ता चप्पल मेलामा ग्राहकहरुको घुँइचो लागेको छ । स्वदेशी जुत्ता चप्पलको प्रवद्र्धन गर्ने उद्धेश्यले नेपाली जुत्ता घरको आयोजनामा पुस १ गते मंगलबारदेखि विराटनगर–७ स्थित जैन भवनमा सुरु भएको जुत्ता चप्पल मेलामा ग्राहकहरुको घुँइचो बढेको हो ।

बजारमा भन्दा सस्तो र गुणस्तरीय जुत्ता चप्पल पाईने भएपछि मेलमा जुत्ता चप्पल किन्ने ग्राहकहरुको घुँइचो लागेको छ । मेलामा जुत्ता चप्पल किन्नेको भीड क्रमश बढ्दै गएको आयोजकले जनाएको छ । अघिल्ला दुई वर्ष पनि आयोजना भएको उक्त मेलामा प्रायः यस अघि नै पुगिसकेका ग्राहकहरु बढी जाने गरेको पाइएको छ । मेलाबाट निस्किने ग्राहकहरु हँसिलो मुहार लिएर निस्कने गरेका छन् । अघिल्लो पटक खरिद गरेको जुत्ता चप्पल टिकाउ भएको र बजारभन्दा सस्तो पाइने भएकोले मेलामा आएको विराटनगरकी भगवती खनालले बताइन् । त्यस्तै विराटनगरका अम्बिकाप्रसाद रिजालले पनि बाहिरभन्दा सस्तो र राम्रो जुत्ताचप्पल पाइएको बताए ।

मेलामा ग्राहकहरुको भीँड बढ्दै गरेको र दैनिक सात लाख सम्म कारोबार भएको आयोजकले जनाएको छ । मेलामा पहिले आएका ग्राहकहरु मेलाको विश्वासले फेरी आएकोमा खुसी लागेका विराट जुत्ता चप्पल मेला २०७६ का सेल्स मेनेजर तथा बिएफ डियर हिल सुजका मेनेजर गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । १५÷२० दिनका लागि भनेर सञ्चालन गरिएको मेला ग्राहकको बढ्दो भीँडले पुसभरी लाग्न सक्ने उनले जानकारी दिए ।

मेलाको बारेमा बाहिर हल्ला भएजस्तो पूराना जुत्ता चपपल नभएको भन्दै उनले मेलामा गुणस्तरीय जुत्ता चप्पल राखिएकोले ग्राहकको भीँड बढेको बताए । मेलामा शिखर सुज, वि.एफ डियर हिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक, हाईलाईफु सुज एण्ड स्लिपर ब्राण्डका जुत्ता चप्पलहरु प्रदर्शनी तथा विक्रीका लागि राखिएको छ । मेलामा एक सय रुपैयाको चप्पलदेखि १० हजार रुपैँयासम्मको जुत्ताहरु राखिएको छ भने जुत्ता चप्पलको खरिदमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यबस्था गरिएको छ । ५० हजार जोर जुत्ता कारोबार गर्ने लक्ष्य राखिएको सो मेलामा १ लाख पचास हजारले अवलोकन गर्ने र १ करोड ५० लाख रुपैंयाको कारोबार हुने आयोजकको अपेक्षा छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top