विज्ञान र प्रविधिको विकाससँगै अपराधका शैलीमा परिवर्तन : गृहमन्त्री थापा

६ पुस, काठमाडौँ ।
गृहमन्त्री रामबहादुर थापा बादलले विज्ञान र प्रविधिको विकाससँगै अपराधका शैलीमा परिवर्तन आएको बताएका छन् । नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको दोस्रो राष्ट्रिय सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले विज्ञान र प्रविधिको विकास, सञ्चार माध्यममा आएको परिवर्तन, यातायातको साधनको सहजता लगायतका कारण अपराधका शैलीमा परिवर्तन आएको बताएका हुन् ।

उनले यस्तो प्रवृतिले अपराध अनुसन्धान र अभियोजनमा जटिलता ल्याएको समेत बताए । उनले भौतिक उपस्थिति बिना एक देशमा रहि अर्को देशमा अपराध गर्ने प्रवृति बढेकाले थप चुनौति बढेको बताए । आधुनिक शैलीमा हुने अपराध नियन्त्रण गर्न परम्परागत अनुसन्धान र अभियोजनको शैली प्रभावकारी हुन नसक्ने उल्लेख गर्दै उनले विषयगत अनुसन्धान र अभियोजन गर्नुपर्ने आवश्यकता रहेको बताए । गृहमन्त्री थापाले सरकारले त्यसकोलागि ‘मुलुकी अपराध संहिता, २०७४’, ‘मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४’ र ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४’ लगायतको कानून निर्माण गरेकाले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलले साझारुपमा कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

सम्मेलनमा महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले मुलुकले लामो समयदेखी अपनाई आएको कनूनी प्रणालीलाई अधुनिकिकरण गर्ने उद्देश्य सहित जारी भएको मुलुकी अपराध संहिताहरुको कार्यान्वयनमा सम्मेलनले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनले सानालाई ऐन र ठुलालाई चैन भन्ने दिन सकिएको बताउँदै अव त्यस्तो अवस्थाआउन दिन नहुने बताए ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी र सरकारी वकीलहरुसँग भएका कानूनी र व्यवहारीक अनुभवहरुको विश्लेषण सम्मेलनमा भएकाले आगामि दिनमा न्याय निरुपणको प्रकृयालाई थप सहज र गतिशिल बनाउन सहायोग पुग्ने विश्वास व्यक्त गरे ।

सार्वजनिक शान्ति र व्यवस्था नै न्यायको आधार हो भन्ने मान्यता र विश्वास प्रकट गर्दै अपराध नियन्त्रणका लागि बनेका कानूनहरूको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता सहित सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले नेपालको संविधानले प्रत्याभूत गरी मौलिक हकको कार्यान्वयन, स्वच्छ सुनुवाई र फौजदारी न्यायका मान्यता र सिद्धान्तको पालना गरी वस्तुगत र वैज्ञानिक प्रमाणमा आधारीत अपराध अनुसन्धान र अभियोजन गर्ने प्रतिवद्धता सहित ३३ बुँदे घोषणापत्र समेत जारी गरेको छ । सम्मेलन पुष ४ देखि ६ गते सम्म काठमाडौंमा आयोजना भएको हो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top