अब अनलाइनबाटै श्रमस्वीकृति

७ पुस, काठमाडौँ ।
कामदारको श्रमस्वीकृति प्रक्रियामा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधि र विभागका कर्मचारीबीच भेट गर्नै नपर्ने भएको छ । वैदेशिक रोजगार विभागले मागपत्र प्रमाणीकरणदेखि कामदार छनोट प्रक्रियासम्मका काम अनलाइन प्रणालीबाटै गर्न थालेको हो ।

विभागका महानिर्देशक भीष्मकुमार भुसालले मागपत्र प्रमाणीकरण र कामदार छनोट प्रक्रियालाई पारदर्शी बनाउन र विभागलाई भ्रष्टाचारमुक्त बनाउन अनलाइन प्रणाली अलम्बन गरिएको बताए । उनले भने ‘अब पूर्वश्रमस्वीकृति र अन्तिम श्रमस्वीकृतिका लागि वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधि हाम्रो कार्यालयमा धाइराख्नुपर्दैन । सबै काम अनलाइनबाटै हुन्छ,’ ।

विभागले वैदेशिक रोजगारको क्षेत्रलाई पारदर्शी ढंगले सबै सरोकारवाला निकाय जोडिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएफएस) बनाएको छ । त्यसमा प्रमुख गन्तव्यस्थित नेपाली दूतावासलाई जोडिएको छ । आइतबारसम्ममा यो प्रणालीमा संयुक्त अरब इमिरेट्स, कुवेत र मलेसियास्थित नेपाली दूतावासमात्रै जोडिएका छन् । ओमन, साउदी अरब, कतार र बहराइनस्थित नेपाली दूतावासलाई प्रणालीमा जोड्न पत्राचार गरिसकेको महानिर्देशक भुसालले बताए ।

यो प्रक्रियामा गएपछि रोजगारदाताले छोटो समयमै कामदार पाउने विभागको विश्वास छ । ‘दूतावासले मागपत्र प्रमाणीकरण गरेकै दिन विभागबाट पूर्वश्रमस्वीकृति मिल्छ,’ महानिर्देशक भुसालले भने, ‘सक्कली फाइल पर्खेर बस्न आवश्यक छैन ।’

म्यानपावर कम्पनीले कामदारको भर्ना प्रक्रिया सकेपछि विभागले अनलाइनबाटै श्रमस्वीकृति प्रदान गर्छ । ‘अब पहिलाजस्तो राहदानीमा श्रम स्टिकर टाँसिँदैन,’ भुसालले भने, ‘हामीले दिने ई–श्रम स्टिकर म्यानपावर कम्पनीले आफ्नै लग इनबाट प्रिन्ट गर्न सक्छन् ।’

वैदेशिक रोजगार व्यवसायीले यो व्यवस्थाले आर्थिक चलखेल रोकिने बताएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top