नक्कली घ्यू उत्पादक पक्राउ

६ पुस ७६, सोमबार

७ पुस, वीरगञ्ज।
वीरगञ्जमा नक्कली घ्यू उत्पादन गर्ने तीन जना पक्राउ परेका छन् ।

यहाँ सञ्चालित नक्कली घ्यू उधोगमा प्रहरीले छापा मारी उधोगका सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा स्थित ब्रहमचोकमा सिद्धिबिनायक पूजा सामग्री प्रोडक्टस उधोगमा छापा मारि उधोगका सञ्चालक सोही ठाँउ ३३ वर्षका अनिल श्रेष्ठ, ३७ वर्षका रमेश श्रेष्ठ र भारत विहार जिल्ला मोतिहारी पूर्वी चम्पारण थाना आदापुर ग्राम पोखरिया वडा नम्बर १ बस्ने २५ वर्षको राम विलास यादवलाई पक्राउ गरेको हो ।

Advertisement

सिद्धिबिनायक पूजा सामग्री प्रोडक्टस उधोगको नामले संचालित उधोगमा रसायन मिसावट गरी पूजा, दुर्गा र गोकुल शुद्द घ्यूको स्टिकर लगाई नक्कली घ्यू उत्पादन तथा बिक्री वितरण गर्दै आएको पर्सा प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उधोगमा छापा मारी तिनै जनासहित उधोगमा उत्पादन गरिएको विभिन्न ब्रान्डका नक्कली घ्यू पनि नियन्त्रणमा लिएको छ ।

Advertisement

प्रहरीले उधोगबाट पूजा, दुर्गा र गोकुल व्राण्डको ५२ काटुन घ्यू (१ कार्टुनमा १२ किलोको दरले), डाल्डा घ्यू २९ काटुन (१ कार्टुनमा २० किलोको दरले) घ्यू बनाउन प्रयोग हुने रसायन, भाडा कुडा ,लेवलिङ गर्न प्रयोग हुने विभिन्न ब्राण्डको स्टिकरहरु समेत नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएको नक्कली घ्यूसहित पक्राउ परेका तिनै जनालाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top