रामकृष्ण ढकालले भने– ‘हामी सँधैझैँ हाँसीखुशी परिवारमा संगै छौँ।’

रामकृष्ण ढकालले भने– ‘हामी सँधैझैँ हाँसीखुशी परिवारमा संगै छौँ।’

१० पुस, काठमाडौँ ।
सम्बन्ध विच्छेदपछि गायक रामकृष्ण ढकालले श्रीमती निलम शाह ढकालको तारिफ गर्दै आफ्नो प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो श्रीमती भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले श्रीमतीसँग आफ्नो सम्बन्धबिच्छेद भएको विषयको खण्डन गर्दैै उनले आफूहरुको सम्बन्धमा कुनै चिसो नआएको बताएका हुन् ।

बुधबार जिल्ला अदालत काठमाडौँबाट उनको सम्बन्धबिच्छेदको मिलापत्र भएपनि उनले भने आफ्नो सम्बन्धबिच्छेद नभएको भन्दै खण्डन गरेका हुन् । ‘आज म जे छु त्यो सबै तपाइँ सम्पूर्ण दर्शक–श्रोताका कारण छु तर नेपाली गीत संगीत क्षेत्रमा मलाइ अनवरत रुपमा हिँडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरी श्रीमती निलम हुन्,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामी सँधैझैँ हाँसीखुशी परिवारमा संगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।’

उनले व्यक्तिगत विषयमा टिकाटिप्पणी भएकोप्रति आपत्ति जनाउँदै नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय भएको बताएका छन् । सार्वजनिक चासोको विषय बन्दाबन्दै पनि सबैका आआफ्नै पारिवारिक विषय हुने भन्दै ढकालले जुन नितान्त व्यक्तिगत हुने बताएका छन् । उनले आफ्ना सबै दर्शक श्रोता प्रति सधै कृतज्ञ रहेको र रहिरहने बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.